आन्तरिक पर्यटकको रोजाईमा बिश्वकै दोस्रो अग्लो बञ्जी

दैनिक सय जना सम्म जम्पर



दुर्गाप्रसाद शर्मा, पर्वत

कोभिड १९ का कारण सधै पर्यटकले भरिभराउ हुने धेरै स्थान अहिले सुनसान छन तर केही पर्यटकीय स्थल भने आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेका छन ।

यस्तै आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको पर्यटकीय गन्तब्य हो कालीगण्डकी नदीको गहिरो खोंचमा बनेको बिश्वकै दोस्रो अग्लो बञ्जी जम्प र बिश्वकै अग्ला पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो झुण्डिएको पुलमा बनेको बिश्वकै अग्लो बन्जी र स्वीङमा दैनिक सयौ आन्तरिक पर्यटक आउन थालेका हुन ।

द क्लिफ प्रालिले निर्माण गरेको बन्जी, स्विङ र नेपालकै एक मात्र स्काइ साइक्लीङ तथा गुलेली शैलीको पिङ ब्यबसायिक रुपमा सञ्चालनमा आएपछि मुलुकभरबाट आन्तरिक पर्यटक ओइरिएका छन् । दैनिक रुपमा ५० जनाले बञ्जी र स्विङ्ग गरिरहेका छन् भने पुल, गुलेली पिङ्ग खेल्ने तथा रिर्सोटमा आउनेको संख्या उल्लेख्य छ । ‘दैनिक ४० जना भन्दा बढीले बञ्जी गर्दै आउनुभएको छ।’ द क्लिफका अध्यक्ष राजु कार्कीले भन्नुभयो‘अग्रिम बुकिङ्ग नगरि आउनेहरु फर्कनु पर्ने अबस्था पनि छ ।’ महेन्द्रनगर देखि झापा सम्मबाट बञ्जी गर्न आइरहेका छन । पोखरा, काठमाण्डौ, बुटवल देखि आउनेहरुको संख्या उल्लेख्य छ । कम्पनीले दैनिक ४० जना भनेपनि भीड हुने दिनमा १ सय जना सम्मले बञ्जी गरिरहेका छन ।

कालीगण्डकीको खोचमा झण्डै २८ करोड रुपैयाको लगानीमा सहासिक खेलका परियोजना तयार भएका छन । प्रालिले कार्तिक १५ गते देखि औपचारिक रुपमा सबै सहासिक पर्यटकीय खेलहरु सञ्चालनमा ल्याएको छ ५२५ मिटर लामो झोलुङ्गे पुलको बिचमा कालीगण्डकी नदीको ठिक माथी बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ। खोला देखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ फिट छ । हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाई र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाईमा छ । द क्लिफ प्रालिको यो परियोजना पछि स्विटरल्याण्डलाई पछि पार्दै यसले बिश्वकै दोस्रो अग्लो र पुलमा बनेको बिश्वकै अग्लो बन्जिका रुपमा स्थापित भएको छ । बन्जी र स्वीङ दुबैको मुल्य ७ हजार तोकिएको छ। पोखरा देखी कुश्माको दुइतर्फी गाडीको सुबिधा सहित बन्जी वा स्वीङको ८ हजार ४ सय ५० रहेको छ। टेण्डम (जोडि) स्वीङको १२ हजार मुल्य निर्धारण गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।
बन्जीमा नेपालकै एक मात्र गुलेली शैलीको पिङ पनि निर्माण गरिएको छ । बन्जीका लागि निर्माण भएको पुलको उचाइ २ सय २८ मिटर छ भने सो भन्दा माथी बाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ । जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङ भन्दा फरक छ। यो गुलेलीको शैलीमा निर्माण गरिएको छ । सामान्यतया पिङमा अरुले हल्लाइदिनु पर्ने हुन्छ तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडि बाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि पिङ मचिन्छ। पिङ खेल्न प्रतीब्याक्ती २ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी स्टील कोर केबल प्रयोग गरि स्काइ साइक्लीङ तयार गरिएको हो। विश्वकै सबैभन्दा ऊचाईमा सन्चालित कालीगण्डकी खोंचको स्काइ साइक्लीङ २ सय २८ मिटर अग्लो छ भने लम्बाई तीन सय मिटर छ। दुइतर्फी ३ सय मिटर लम्बाई रहेको रुटमा एक पटकमा दुई जनाले साइक्लीङ गर्न मिल्ने अध्यक्ष कार्कीले बताउनुभयो । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्काइ साइक्लीङ तयार गरिएको र सन्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने कम्पनीले जनाएको छ ।
समाप्त मंसिर १७

 

प्रतिक्रिया दिनुहोस्