सन्दीप अस्पताल भर्ना



काठमाडौं, (नेस)
नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेलाई अस्पताल भर्ना गरिएको छ । शनिबार सन्दीपको कोरोना संक्रमण पुष्टि भएको थियो ।

घरमै आइसोलेसनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको हो । स्रोतका अनुसार उनको अवस्था सामान्य रहेको छ ।

राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई बन्द प्रशिक्षणमा सम्मिलित गराउनुअघि पीसीआर परीक्षण गराइएको थियो । त्यसमा सन्दीपको पीसीआर परीक्षण पोजिटिभ आएको थियो ।

यसले उनी नेपाली टिमको प्रशिक्षणमा सामेल हुन सकेनन् । उनको अस्टे«लियामा हुने टी–२० लिग बिग बासमा समेत खेल्न ढिलाइ हुने देखिएको छ। यद्यपि प्रतियोगिता डिसेम्बरको दोस्रो सातादेखि हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्