मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष सहित बिप्लव समुहका ७५ जना नेकपामा प्रवेश



मोतिराम तिमल्सिना,काभ्रे ।

विप्लप समुहका अराजक गतिविधि बढ्न थाले पछि त्यसमा विश्वास गर्ने र सक्रिय भएर कृयाशिल भएका नेता ताम्सालिङ विशेष ब्युरो सदस्य तथा तामाङ राष्ट्रिय मुक्ति मोर्चा केन्द्रिय अध्यक्ष कान्छा तामाङ लगाएत ७५ जना कार्यकर्ताहरु नेकपा प्रबेश गरेका छन् ।

विप्लपका नेता तथा कार्यकर्ताहरुलाई नेकपाका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला ईन्चार्ज एवं पुर्व सुचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले स्वागत गर्नु भएको थियो । बास्कोटाले विप्लाई समेत हिंसा हत्या त्यागी शान्तिपुर्ण बाटोमा आई नेकपामा समाहित हुन आग्रह गर्नु भएको छ । नेपालमा अब हत्या हिंसा जरुरी छैन बास्कोटाले भन्नु भयो अब राजनितिक क्रन्ति पुरा भैईसकेकाले आर्थिक क्रान्ति आवश्यक रहेको बताउनु भयो । सबै राजनितिक दलहरु मिली आर्थिक विकासमा लाग्नु पर्ने बताउनु भयो ।

तिन वटै सरकारले विकासका कामहरुलाई तिब्र पगति दिएको भन्दै बास्कोटाले ७ सय ५३ वटै स्थानिय तहमा ५ बेड देखी १५ बेडका सुविधा सम्पन्न अस्पताल निमार्ण गर्न लागीएको बताउनु भयो । भुकम्पले क्षति पुगेका विद्यालयका भवन पुन निमार्ण अन्तिम चरण पुगी शिक्षामा सुधार अभियान ल्याएको , गाँउ गाँउमा सडक, घरघरमा खानेपानि औधोगीक क्षेत्र निमार्ण लगाएतका कामहरु गरेको बताउनु भयो ।

बास्कोटाले नेकमा विवाद चलिरहने र पाटी पनि चलिरहने बताउनु भयो । ठुलोपाटि भएपछि साना तिना कुराहरु आईरहने हुनाले त्यसलाई हल गर्दे जाने बताउनु भयो । बाँस्कोटाले नेकपाले नेपालको विकास र समृद्धिका लागि सपनासँगसँगै योजनाहरुका साथ काम गरिरहेकाले नेकपामा आबद्ध हुन अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुले अनुरोध गर्नु भएको थियो ।

स्थानीय सरकारले नागरिकहरुको हितमा कार्य गरिरहेको, नागरिकहरुको आय स्तर बृद्धिका लागि कृषिमा प्रविधि मैत्री सामाग्री तथा सिपको हस्तान्तरण, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभुत आवश्कयताका आधारमा काम गरिरहेको बताउनु भयो । कार्यक्रममा नव प्रवेशी विप्लका नेता कान्छामान तामाङले परिवर्तनका लागी आफु उक्त पाटिमा लागेको तर त्याहाँ त्यस्तो सम्भावना नरहेकाले पाटी परित्याग गरेको बताउनु भयो ।

जनतामा राजनिती स्थिरताको आशा बढेकाले त्यस्लाई निरन्तरता दिनका लागी विकसित न्यापुर्ण समतामुलक स्वभिमान राष्ट्र निमार्ण गर्न कम्युनिट पाटीका नाममा विभिन्न समुहमा विभाजित शक्तिहरु अब एकै ठाँउमा उभिन जरुरी रहेको तामाङले बताउनु भयो । कार्यक्रममा विप्लपका जिल्ला सचिबालय सदस्य एवं दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य तथा काभ्रे अध्यक्ष रमेश नेपाली, जिल्ला कमिटी सदस्य एवं अखिल नेपाल महिला क्रान्तिकारी सघं अध्यक्ष सम्झना परियार, जिल्ला कमिटी सदस्य भिम तामाङ, बेथान्चोक गाँउपालिका सेक्रेटरी उद्धब गिरी लगाएत रहेका छन् ।

कार्यक्रममा नेकपा वागमती प्रदेश कमिटी सदस्य तथा संविधान सभा सदस्य रामहरी सुबेदी, वागमती प्रदेश सांसद चन्द्र लामा जिल्ला कमिटी सदस्य कुमार थापा, राजन भुर्तेल, जेनिस लामा, रिता ढकाल, प्रेम लामा बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादे, पनौती नगरपालिका नगर प्रमुख भिम न्यौपाने धुलिखेल नगरपालिका उप प्रमुख विमला शर्मा लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य रामकृष्ण हुमागाईले स्वागत मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रमको सभापतित्व नेकपा जिल्ला कमिटी सदस्य तथा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जुले गर्नु भएको थियो । जिल्ला प्रहरी कार्यलय काभ्रेको अनुसन्धान र धरपकड बढिरहेकाले विप्लप समुहका नेता कार्यकर्ताहरु धमाधम पार्टी परित्याग गर्ने क्रम बढेको हो ।

प्रतिक्रिया दिनुहोस्