म्याराडोनालाई सम्झिदैँ पेलेले भने : ‘कुनै दिन हामी आकाशमा सँगै फुटबल खेल्नेछौं’



एजेन्सी ।

हृदयघातका कारण अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएपछि विश्वमा चर्चित फुटबल हस्तीहरुले शोक व्यक्त गरेका छन् ।

अर्जेन्टिनालाई आफ्नो कप्तानीमा विश्वकप जिताएका म्याराडोना पछिल्लो समय जिम्नासिया इग्रिमा ला प्लाटा क्लबको प्रशिक्षक थिए ।

८० वर्षीय ब्राजिली पूर्वस्टार पेलेले विश्व फुटबल इतिहासकै सर्वाधिक उत्कृष्ट खेलाडीमध्ये एक म्याराडोनाको निधनमा शोक व्यक्त गरेका छन् ।

‘उनीजस्ता साथी गुमाउनु दुःखद् हो । भगवान्ले उनको परिवारलाई पर्याप्त शक्ति दिउन् । मलाई आशा छ, कुनै दिन हामी आकाशमा सँगै फुटबल खेल्नेछौं ’ पेलेले विज्ञप्तिमा लेखेका छन् ।

ङल्यान्डका गेरी लिनेकर, अर्जेन्टिनाका निकोलस ट्यागलियाफिक, स्पेनका गुटीलगायत पूर्वस्टारहरुले पनि म्याराडोनाप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

म्याराडोनाको निधनको खबर बाहिरिएसँगै अर्जेन्टिना सरकारले तीन दिने राष्ट्रिय शोक घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्