फाइभ स्टारलाई खेल सामग्री प्रदान



काठमाडौं, (नेस)
नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका– ४ स्थित फाइभ स्टार क्लबलाई भलिबल र नेटलगायतका खेल सामग्री प्रदान गरेका छन्।

शनिबार आयोजित एक कार्यक्रमका बीच सुवेदीले फाइभ स्टार क्लबका अध्यक्ष किरण केसीलाई खेल सामग्री प्रदान गरेका हुन्।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, शहीद पार्क वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देल, फाइभ स्टार क्लबका अध्यक्ष किरण केसी, वडा सदस्य जयराम महतलगायतका वक्ताले सुवेदीको सहयोगले भलिबल प्रेमीमा ठूलो उत्साह थपेको बताए।

भलिबल खेलको रूचि तथा विकासमा लाग्ने जो कोहीलाई आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता सुवेदीले व्यक्त गरे। भलिबल संघका केन्द्रीय उपाध्यक्ष सुवेदी लायन्स क्लब इन्टरनेसनलका पूर्वडिस्ट्रिक्ट गभर्नरसमेत हुन्। सुवेदी राजनीतिसहित समाजसेवा, मानव अधिकार संरक्षण, शिक्षा तथा साहित्य क्षेत्रमा पनि दुई दशक अघिदेखि निरन्तर क्रियाशील छन्।

प्रतिक्रिया दिनुहोस्