फुटबल उपाधि पाटनको चेवाललाई



पुष्कर बुढाथोकी, भक्तपुर
भक्तपुरको चाँगुनारायण नगरपालिका–७ भंगेरी डाँडास्थित खेल मैदानमा शनिबार सम्पन्न उपत्यकाव्यापी फुटबल प्रतियोगिताको उपाधि चेवाल युथ क्लब पाटनले हात पारेको छ।
फाइनल खेलमा ललितपुरको चेवालले घरेलु टोली चाँगुनारायण–९ ताथलीको माता पञ्चकन्या युथ क्लबलाई ५–४ गोलको अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। प्रतियोगितामा मिर्मिरे सामुदायिक अध्ययन केन्द्र चरेली चाँगुनारायणले रोयल ताथली फुटबल क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल ग¥यो। भक्तपुर खेलकुद विकास समितिको आयोजना तथा बागेश्वरी मजुवा युथ क्लब चाँगुनारायणका सह–आयोजनामा दुई सातादेखि सञ्चालन भएको प्रतियोगितामा उपत्यकाका भक्तपुर, काठमाडौं र ललितपुरका १५ वटा टिमको सहभागिता थियो।
प्रतियोगितामा प्रथम हुने चेवाल युथ क्लब पाटनलाई एक लाख, दोस्रो हुने माता पञ्चकन्या युथ क्लबलाई ५० हजार र तेस्रो हुने मिर्मिरे सामुदायिक अध्ययन केन्द्रलाई २५ हजार रुपियाँ नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा अन्जित ढकाल र जेनिस प्रजापति उत्कृष्ठ खेलाडी घोषित भए।
प्रतियोगिता आयोजनाका लागि चाँगुनारायण नगरपालिकाले ५० हजार, प्रथम र तेस्रो पुरस्कारका लागि समाजसेवी एवं व्यवसायी विज्ञान राई, किरण थापा, पूर्ण लिम्बू तथा दोस्रो पुरस्कारका लागि रमेश बुढाथोकीले रकम प्रदान गरेका थिए। कार्यक्रममा खेलकुदको विकासमा टेवा पु¥याउनका लागि बागेश्वरी मजुवा युथ क्लबलाई नगरकोट जिपलाइनका प्रो. प्रेम बस्नेतले एक लाख र बागेश्वरी हाउजिङका राजु खड्काले ५० हजार रुपियाँ प्रदान गरेका छन्।
रमेश लामाको सभापतित्वमा सम्पन्न प्रतियोगिता सफल पार्न जिल्ला खेलकुद विकास समितिका सदस्य एवं पदाधिकारी सरोज थापा, रत्नकेशरी प्रजापति, स्थानीय प्रकाश लामिछाने, श्याम नायबुलगायतले महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए। आयोजकका अनुसार प्रतियोगितामा कुल पाँच लाख ७५ हजार रुपियाँ खर्च भएको छ।
जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछवाले करिब २ सय रोपनी क्षेत्रफलमा २ अर्ब ४० करोड रुपियाँको लागतमा रग्बी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय खेल मैदान निर्माण गर्ने लक्ष्यका साथ अघि बढेकाले सबैको साथ र सहयोग आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्