प्रदेश १ मा थप ४४७ जना कोरोना मुक्त


विराटनगर ।

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ४४७ कोरोना सङ्क्रमित निको भएका छन् । विभिन्न जिल्लाका होम आइशोलेसनमा बसेका सङ्क्रमित निको भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हालसम्म निको हुनेको सङ्ख्या २० हजार २२६ पुगेको छ । प्रदेशमा सोही अवधिमा ७७४ जनाको पिसिआर परीक्षण गरिएकामा ७६ महिलासहित २०७ कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ७१ मध्ये विराटनगरमा ५०, सुनसरीमा ५७, सङ्खुवासभामा ३४, झापामा २८, तेह्रथुम र उदयपुरमा तीन÷तीन इलाम र धनकुटामा दुई/दुई र प्रदेश बाहिरका सात जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या २४ हजार ९४१ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ८२ हजार १३७ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।