नेपाली क्रिकेटको ओडीआई मान्यता अवधि बढ्यो



काठमाडौं, (नेस)
नेपाली राष्ट्रिय क्रिकेट पुरुष टिमको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता अवधि थप गरिएको छ । नेपाली टिमले अब सन् २०२३ सम्मका लागि ओडीआई मान्यता पाएको हो । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बुधबार जनाएअनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वकप लिग २ का खेलहरु हुन नसक्दा एक वर्ष थप मान्यता अवधि बढाएको छ । नेपालले कोभिडको महामारीका कारण अन्तर्राष्ट्रिय खेलहरु खेल्न पाएको छैन । तर, चन्दले बताएअनुसार मार्चदेखि विश्वकप लिग–२ गराउन आईसीसीले क्यानलाई प्रस्ताव राखेको छ । नेपालले ओमानमा गएर खेल्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्