स्पेनसँग ६–०ले हार्यो जर्मन



काठमाडौं ।

जर्मनीमाथि शानदार जित दर्ता गरि स्पेन युरोपियन नेशन्स लिग फुटबलको फाइनल्समा पुग्न सफल भएको छ ।

मंगलबार राति भएको समूह ए फोर अन्तर्गतको खेलमा स्पेनले जर्मनीमाथि ६–० को जित दर्ता गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा तीन गोल गरेको स्पेनले दोस्रो हाफमा थप तीन गोल गरेको हो ।

स्पेनका लागि फेरान टोरेसले खेल जीवनकै पहिलो ह्याट्रिक गरे । उनले ३३, ५५ र ७१ औँ मिनेटमा गोल गरेका हुन् ।

यस्तै अल्भारो मोराटाले १७ औँ, रोड्रीले ३८ औँ तथा मिकेल ओयार्जाबाले ७१ औँ मिनेटमा गोल गरेपछि स्पेन ६–० ले विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्