बंगलादेशसँग हार्‍यो नेपाल



न्युज अफ नेपाल,काठमाडौं ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशले नेपाललाई पराजित गरेको छ । नेपाली समयअनुसार आज साँझ भएको खेलमा घरेलु टोली बंगलादेशले नेपाललाई २–० गोलअन्तरले पराजित गरेको हो । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलमा घरेलु टोलीले पहिलो र दोस्रो हाफमा समान एक–एक गोल गरेको थियो ।

खेल सुरु भएको १०औं मिनेटमै पहिलो गोल बेहोरेको नेपालले त्यसपछि तुलनात्मक रूपमा सुधारिएको र आक्रामक खेल पस्के पनि गोल फर्काउन नसक्दा हारको मुख देख्नु पर्‍यो ।

यससँगै बंगलादेशले नेपालसँग दुई वर्षअघि भोगेको हारको बदला समेत लिन सफल भएको छ । सन् २०१८ मा साफ च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशलाई उसैको घरेलु मैदानमा २-० गोलअन्तरले हराएर नमिठो पीडा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्