बार्सिलोनाको नयाँ जर्सीमा क्याटलानको झण्डा



मेड्रिड, (एजेन्सी)
बार्सिलोनाले जारी सिजनका लागि चौथो जर्सी सार्वजनिक गर्ने तयारी गरेको छ, जुन अघिल्ला जर्सीभन्दा फरक हुने स्पेनी क्लबले जनाएको छ। बार्सिलोनाको जर्सीमा क्याटलानको झण्डाको धर्का प्रयोग गर्ने जनाइएको छ। यो सेनयाराको नामबाट परिचित छ। एल क्लासिकोसहित ला लिगाका बाँकी केही खेलमा त्यो कीटको प्रयोग गरिने बताइएको छ। नयाँ कीटको अगाडिको भागमा नीलो, त्यसमा सुनौलो रंग र रातोको दुई धर्का प्रयोग गरिने उल्लेख छ।
क्याटलानको झण्डाझैं ५ वटा पहेंलो र ४ वटा रातो धर्काको प्रयोग हुनेछ। ती धर्काको बीचमा युनिसेफको सानो लोगो पनि हुनेछ। चौथो कीटको हाफ पाइन्ट र मोजा नीलो हुनेछ। बार्सिलोनाले यसअघि ३ प्रकारको कीट प्रयोग गरिसकेको छ। त्यसमध्ये एउटा परम्परागत, दोस्रो कालो र तेस्रो गुलाबी रंगको छ।
नयाँ कीट केही दिनमा सार्वजनिक गरिने बताइएको छ। बार्सिलोनाले यसअघि तीनवटा जर्सी सार्वजनिक गरिसकेको छ। यस वर्ष पहिलो कीट धेरै नै परम्परागत रहेको छ। दोस्रो कीट कालो रंगमा छ र तेस्रो गुलाबी रंगमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्