जोकोभिच फेडेररको कीर्तिमान निकट



जोकोभिचले हालसम्म २ सय ९४ साता विश्व नम्बर एक स्थानमा आधिपत्य जमाएका छन्। यो सँचीमा फेडेरर पछि उनी दोस्रो स्थानमा छन्। फेडेररले ३ सय १० साता विश्व नम्बर एक स्थानमा रहेर कीर्तिमान रचेका हुन्। यो कीर्तिमान छुन वा पार गर्न जोकाभिचलाई केही साता रहनुपर्ने हुन्छ। यदि, अर्को साल २०२१ को ८ मार्चसम्म विश्व नम्बर एक भइरहेमा जोकोभिचले फेडेररलाई पछि पार्नेछन्।

सो सँचीअनुसार साम्प्रास २ सय ८६ साता र इभान लेन्डल २ सय ७० साता विश्व नम्बर भएर क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन्।
जोकोभिचले यो वर्ष ५ उपाधि जितेका छन्। उनले ग्रान्डस्लाम प्रतियोगिता अस्टे«लियन ओपन, एटीपी कप, दुबई ओपन, सिनसिनाटी ओपन र रोम ओपनमा उपाधि जितेका हुन्। तर, उनले पछिल्लो महिना सम्पन्न भएको ग्रान्डस्लाम प्रतियोगिता पे्रmन्च ओपन फाइनलमा हार व्यहोरेका थिए। उनी राफाल नाडालसँग नराम्रोसँग हारेका थिए।

 

प्रतिक्रिया दिनुहोस्