क्यानको साधारणसभा मंसिर ३ मा हुने



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल क्रिकेट संघ (क्यान) को शनिबार बसेको अनलाइन बोर्ड बैठकमा केही निर्णय गरिएको छ। उक्त बोर्ड बैठकका अनुसार क्यानको वार्षिक साधारणसभा आगामी मंसिर ३ गते हुने भएको हो। हिजो बसेको क्यानको बोर्ड बैठकले योसहित ९ वटा निर्णय सार्वजनिक गरेको छ।

उक्त बैठकले राष्ट्रिय क्रिकेट टिम पुरुषतर्फको क्लोज क्याम्प सम्पँर्ण स्वास्थ्य प्रोटोकल पँरा गर्दै आगामी मंसिर १० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। खेलाडी वर्गीकरण छनोट समितिले सोमपाल कामीलाई ग्रेड ‘बी’ बाट ‘ए’ मा र अविनाश बोहरालाई ग्रेड ‘सी’ बाट ‘बी’ मा सँचित गरेको छ।
यसैगरी, ललितनारायण राजवंशीलाई ग्रेड ‘बी’ र सन्दीप जोहरालाई ग्रेड ‘सी’ मा वर्गीकरण गर्ने प्रस्तावलाई बोर्ड बैठकले सर्वसम्मत पारित गरेको क्यानले जनाएको छ। महिला राष्ट्रिय टिमका खेलाडीमा सरस्वती चौधरीलाई ग्रेड ‘बी’ मा तथा ममता चौधरी र सुमन खतिवडालाई ग्रेड ‘सी’ मा राख्ने निर्णय गरेको छ।

यस्तै, बोर्ड बैठकले हाल कोरोना भाइरस महामारीलाई मध्यनजर गरी खेलाडीका लागि सम्झौता ६ महिनाका लागि गर्ने निर्णय लिएको छ। उक्त खेलाडी सम्झौता जनवरीदेखिको ६ महिनाका लागि भएको क्यानले जनाएको छ। त्यसैगरी, प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी डिसेम्बरको अन्त्यमा सञ्चालन गर्ने निर्णय गरिएको छ। सोको अनुमति लिन प्रक्रिया अघि बढाइने क्यानले जनाएको छ।

बोर्ड बैठकले भारतीय दँतावासको सहयोगमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको पवेलियन हलको स्तरोन्नति गर्ने निर्णय गरेको छ। मँलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा डे«नेज निर्माण र स्तरोन्नति प्रक्रिया अघि बढाउने पनि बोर्डले निर्णय लिएको छ ।

बोर्डको निर्णयअनुसार दुर्गाराज पाठकको संयोजकत्व रहने गरी नेसनल क्रिकेट एकेडेमी सञ्चालन कार्यविधि निर्माण गरिने भएको छ। त्यस्तै, राष्ट्रिय क्रिकेट टिमलाई आवश्यक फिटनेस टे«नर हायर गर्ने निर्णय गरिएको छ। यसैगरी, प्रशान्त विक्रम मल्लको संयोजकत्वमा ऋषि गौतम, दुर्गाराज पाठक, कैलाश विष्ट र छुम्बी लामा सदस्य रहनेगरी दुई साताभित्र तीन वर्षीय रणनीतिक योजना निर्माण गर्ने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्