आज हालसम्मकै धेरै ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि


न्युज अफ नेपाल,काठमाडौं ।

आज एकैदिन ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९ हजार ३२० नमुना परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको हो । यो संख्या हालसम्मकै एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४ हजार २५२ जन संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।