साझा पार्टीकाे प्रवक्तामा पाठक नियुक्त


काठमाडौँ । साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ता पदमा नियुक्त गरेको छ । “छ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आउनुभएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्तामा नियुक्त गरिएको छ”, सो पार्टीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

उहाँ सङ्घीय निर्वाचनमा पार्टीका तर्फबाट चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभएको थियो । ग्रामीण विकासमा स्नातकोत्तर गर्नुभएका उहाँले सो पार्टीमा सक्रिय हुनुअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गर्नुभएको थियो । साथै उहाँले कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालका समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य भएर काम गर्नुभएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।