डा.केसी बचाउ अभियानमा नेपाल चिकित्सक संघले कडा कदम उठाउने

0
Shares

न्युज अफ नेपाल,काठमाडौ ।

चिकित्सा शिक्षा सुधारका लागि २७ दिन देखि असनरत डा. गोविन्द केसीका मागबारे सरकारसँग सहमति नभएपछि नेपाल चिकित्सक संघले फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ ।केसीका माग र उहाँको अनसनप्रति सरकार उदासिन भएको भन्दै संघले आन्दोलन चर्काउने चेतावनी दिएको हो ।

सरकारले टोली बनाएर वार्ता आह्वान गरेपछि संघले शुक्रवार आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो । २ दिनसम्म सरकार र डा. गोविन्द केसी पक्षबीच भएको वार्ता सहमतिमा पुग्न नसकेपछि थप आन्दोलनको तयारीमा रहेको संघले जनाएको छ ।आन्दोलनका बिषयमा छलफल गर्न संघले आज दिउँसो ४ बजे पदाधिकारीको बैठक बोलाएको छ ।

डा. केसीको जीवन रक्षाका लागि सरकारले कुनै ठोस कदम नउठाएको भन्दै दबावका लागि रणनीति बनाउन आकस्मिक बैठक बोलाएको संघका अध्यक्ष डा. लोचन कार्कीले बताउँनुभयो ।डा.केसीको जीवन रक्षाको माग गर्दै बिहीबार संघले त्रिवि शिक्षण अस्पतालसहित देशभरका स्वास्थ्य संस्थामा कालो पट्टी बाँधेर रिले अनशन गरेका थिए ।