रौतहटमा दम्पतीमाथि धारिलो हतियार प्रहार, श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते


न्युज अफ नेपाल, रौतहट ।

रौतहटमा एक दम्पतीमाथी धारिलो हतियार प्रहार भएको छ ।

रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा आएको ४ जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेश तिवारी घाइते भएका छन् भने उनकी पत्नि जगरामी देवीको मृत्यु भएको छ । हत्यामा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय बलिराम मुखिया रहेको प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आक्रमणमा परी गम्भीर घाइते भएका महेशको वीरगञ्जस्थित एलएस न्युरो अस्पतामा उपचार भइरहेको छ । घटनामा संलग्न अन्य ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।