नेपाल राष्ट्र बैंकका ५ उच्च अधिकारीलाई कोरोना संक्रमण


काठमाडौं ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठसहित राष्ट्र बैंकका ५ जना उच्च अधिकारीलाई कोरोना संक्रमण भएको छ ।

बिहीबार डेपुटी गभर्नर श्रेष्ठ र राष्ट्र बैंक सुपरभिजन विभागका चार जना उच्च अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको स्रोतको भनाइ छ ।

साथै श्रेष्ठका सवारी चालकलाई समेत कोरोना पुष्टि भएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

राष्ट्र बैंकका उच्च अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएपछि गभर्नर महाप्रसाद अधिकारी लगायत उच्च अधिकारीहरु कन्ट्रयाक्ट ट्रेसीङमा परेका छन् ।

केहि समय अघि पनि गभर्नर अधिकारी कोरोनाको आंशकामा भैसेपाटीस्थित आफ्नै निवासमा क्वारेन्टिनमा बसेका थिए ।

यसअघि बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।