कोरोना म के गरूँ?



ए नरपिचास कोरोना भाईरस,
बनाउनलाई तेरो अस्तित्व विनाश म के गरूँ?
थाहै नदिइ भ्रमण गरेर पुरै विश्व,
बनाइसकिस नी तहस् नहस् म के गरूँ?
अज्ञात रुपमा परेर तेरो गास छट्पटाउँदै रहेछ ऊ,
फेर्न नसकि फोक्सोले सास् म के गरूँ?
मरिसकेको छ महिना भयो भन्छिन् ती बुढी आमा,
तर पनि फर्किएन रे परदेश बाट छोरोको लास् म के गरूँ?
पल्लो घरको सुब्बा साहेबले राहत भन्दै सम्पती थुपार्दा,
पाएन रे बिचरा त्यो मजदुरले देख्न पनि आधा गास म के गरूँ?
त्यो लकडाउन को सुन्य समयमा काम न दामले बिचलित हुँदा,
भाडा चाइयाे भन्दै लगाएनी घरबेटीले उठिबास म के गरूँ?
उनले ममाथी संकाको जालो बुनेको बुनेई छिन् रे,
सकेको छैन नी यो बेला मैले दिलाउन मायाको आभास म के गरूँ?
तिर्खाएको छु म साह्रै अँगालोमा बेर्न उनीलाई तर,
छुन सम्म पनि दिएनस् नी उनको हात म के गरूँ?
सँगै बस्ने साथी पिडाले छट्पटाई रहँदा ज्वरो सम्म पनि आएन उसलाई,
भन्नुहुन्छ डाक्टर साहेब एउटै हो भाईरस म के गरूँ?
एउटा भन्छ यो केही होइन,अर्को भन्छ सबैलाई लान्छ,
बुझेन नी अझै पनि मैले हो यो कस्तो भाईरस म के गरूँ?
विज्ञान र प्रवधिको जमाना हो भन्दै गर्दा,
भएन नी आजसम्म पनि कोरोना माईनस म के गरूँ?
-भोजराज अधिकारी, अर्घाखाँची

प्रतिक्रिया दिनुहोस्