रुपन्देहीमा भदौ २० गतेसम्म लकडाउन थपियो



यमलाल भुसाल,बुटवल ।

रुपन्देहीमा जारी लकडाउन भदौ २० गते सम्म थपिएको छ । जिल्ला स्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम केन्द्र ृसिमसिसिेको बैठकले कोरोना नियन्त्रणको प्रभावकारी माध्यम लकडाउन भएको निष्कर्ष सहित समयावधी बढाउने निर्णय गरेको हो ।

नयाँ तालिका अनुसार भदौ २० गते मध्यरातसम्म रुपन्देहीभर लकडाउन हुने छ । लकडाउन थप कडाई गरिने पनि जनाईएको छ .

रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा, बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिकाका तिलोत्तमा नगरपालिका देवदह नगर पालिका र सैनामैना नगरपालिका सुरक्षा निकायका प्रमुखहरु सहितको बैठकले उक्त निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्