राष्ट्रिय स्वयंसेवक नीति जारी गर्नु पर्ने : सरकोरवालाहरु



न्युज अफ नेपाल,काठमाण्डौं ।

देश विकासमा युवाहरुलाई सहभागी गराउनकोलागि नेपाल सरकारले राष्ट्रिय स्वयंसेवक नीति जारी गर्नु पर्ने सरोकारवाला समुहले वताएका छन । जुम क्लाउडमा युथ एड्भोकेसी नेपालले आज आयोजना गरेको भर्चुअल संवादमा सहभागीहरुले उक्त कुरा वताएका हुन ।

कार्यक्रममा वोल्दै राष्ट्रिय युवा परिषदका माधव ढुङ्गेलले भने,“एसईइ परिक्षा दिएर वसेकालाई १५ दिन, पल्स टु दिएर वसेकालाई १ महिना र स्नातक दिएर वसेकालाई ३ महिना स्वयंसेवा कार्यमा सहाभागी हुने नीति राज्यले तय गर्न पर्दछ”।उनले अगाडी भने, “स्वयंसेवा नीति वनाउनका लागि गृह र शिक्षा मन्त्रालयललाई पनि जोड्नु पर्दछ ।”

राष्ट्रिय स्वयंसेवक नीति निर्माणको गृहकार्य सुरु गरिसकेको युवा तथा खेलकुद मन्त्रालयका सचिव राम प्रसाद थपलियाले वताए । स्वयंसेवक नीतिमा सबैको अपनत्व श्रृजना गर्नका लागि स्थानिय तथा प्रान्तिय सरकारलाई पनि नीति निमांण प्रकृयामा सहभागि गर्नु पर्ने थपलियाको जोड थियो ।

सरकारको नीति निर्माण प्रकृयामा सरोकारवाला समुहको अर्थपुर्ण सहभागिता नभइकन यसको प्रभावकारी कार्यन्वयन हुन नसक्ने नीति अध्यन प्रतिष्ठानका अध्यक्ष डा. विष्णुराज उप्रेतीले वताए ।

कार्यक्रममा युएनभि नेपालका संयोजक मुन गुरुङ्क, भिएसओ नेपालका कार्यक्रम प्रमुख शिखा श्रेष्ठ, मानवअधिकारकारकर्मी प्रोफेसर कपिल श्रेष्ठ, प्रदिप पोख्रेल, युनेस्कोका प्रतिनिधि प्रतिभा श्रेष्ठ, युवा अधिकारकर्मी दिपक सोनी, महेन्द्र थापा, राम रोहन पन्त लगायतका व्यक्तिहरुले स्वयंसेवा नीतिको औचित्य सम्बन्धमा मन्तव्य राखेका थिए ।

१३० जना भन्दा सरोकारवाला समुदायको सहभागितामा संचालन भएको कार्यक्रमको संचालन युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिववडाले गरेका थिए भने स्वागत मन्तव्य विनय कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्