सितारा ट्राभल्सद्वारा अष्ट्रेलियाबाट १४८ नेपालीको चार्टर उडान मार्फत् उद्दार

282
Shares

भूपराज बस्याल ,काठमाडौँ ।

कोरोना महामारीका कारण अष्ट्रेलियामा अलपत्र परेका १४८ जना नेपालीहरुलाई उद्दार मार्फत नेपाल ल्याईएको छ ।सितारा ट्राभल्स प्रालीको सक्रियतामा अष्ट्रेलियाको सिड्नी, पर्थ, ब्रिश्बेन लगाएतका मुख्य शहरमा रहेका र कोरोनाका कारण समस्यामा परेका बिद्यार्थी, भेटघाटमा गएका आफन्त र फ्लाइट नभएर बिचल्लीमा परेका १४८ जना नेपालीहरु उद्धार उडान मार्फत शनिबार नेपाल आएका हुन्।

सितारा ट्राभल्सका प्रबन्ध निर्देशक बन्दना पन्त पाण्डेका अनुसार उनीहरुलाई अष्ट्रेलियाबाट अगस्त २८ गते सिंगापुर एयरलाइन्स मार्फत सिंगापुर ल्याएर त्यहाँबाट सिल्क एयरलाइन्सले शनिवार दिउसो काठमाडौँ ल्याएको हो।

कोरोनाका कारण नेपाल फर्किन नसकेको र नियमित फ्लाइट समेत नभएको अवस्थामा सितारा ट्राभल्सले यस्तो प्रतिकुल परिस्थितिमा समेत आफुहरुलाई आफ्नो जन्मभूमि नेपाल फर्कन पहल गरेको भन्दै प्रनित तिवारीले सितारा ट्राभल्सलाई धन्यवाद दिनुभयो ।

कोरोनाको कारण नेपालमा जस्तै अन्य देशहरुमा समेत नियमित उडान रोकिएका कारण सिंगापुरको सिल्क एयरका नेपाल प्रमुख छिंगी चेन र पर्यटन मन्त्रालयको सहयोगमा उनीहरुलाई नेपाल ल्याउन सफल भएको सितारा ट्राभल्सले जनाएको छ।

हाल अष्ट्रेलियामा झन्डै ६० हजारको संख्यामा नेपालीहरु रहेका छन्। तिनीहरु मध्य अधिकांश बिद्यार्थी भिसामा गएकाले उनीहरु कोरोना महामारीले रोजगार गुमाएका कारण आर्थिक चपेटामा पर्दै आएका छन्।