सवा ३ करोड राजस्व छलीको मुद्दा



काठमाडौं, (नेस)
भारतीय ट्रकमा फल्स बटम बनाएर भन्सार चोरी पैठारी गरी करोडौं राजस्व चुहावट गर्ने विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । विभागले रजनिशकुमार गुप्ता र राजेन्द्र थापासमेतले तीन करोड १९ लाख ७७ हजार बराबरको राजस्व छली गरेको आरोप लगाएको छ ।

विभागले उक्त रकम बराबरको बिगो कायम गरी बिगो असुल, जरिवाना र कैद सजायको मागसहित उच्च अदालत पाटनमा मुद्दा चलाएको छ । उनीहरुले फस्स बटम बनाई भारतबाट कपडा लुकाई छिपाई ल्याई चोरी पैठारी गरी राजस्व चुहावट तथा छली गरेको फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्