रुपन्देहीमा भदौ १४ गतेसम्म लकडाउन थप



यमलाल भुसाल,बुटवल ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लकडाउनको अवधी थप गरेको छ । समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण बढेपछि भदौ ७ गतेसम्मका लागि जिल्लाभर घोषणा गरिएको लकडाउनको समयावधी थप एक हप्ताको लागि थपिएको छ ।

लकडाउनको अवधी अब भदौ १४ गते राति १२ बजे सम्मका लागि कायम राख्ने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिनुभयो ।

प्रजिअ पन्थका अनुसार जिल्ला स्तरीय कोभिड–१९ नियन्त्रण तथा रोकथाम केन्द्रको बैठकले कोरोनाको रोकथाम र नियन्त्रणको लागि भदौं १४ गते राति १२ बजेसम्म लकडाउन थप गर्ने निर्णय गरेको हो । लकडाउनको समयमा अत्यावश्यक सेवाका सवारीसाधन बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाईएको छ ।

प्रतिक्रिया दिनुहोस्