दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पर्ने रुखको गणना शुरू



गोकुल घोरसाइने, बारा
प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको जंगलभित्र रहेका रुख र पोलको गणना शुरू भएको छ । विमानस्थल निर्माण गर्दा ठूलो संख्यामा रुख काटिने भन्दै वातारणविद्हरुले आयोजनाको विरोध गरिरहेका बेला संघीय वन तथा भू–संरक्षण मन्त्रालयले डिभिजन वन कार्यालय बारामार्फत रुख र लाथ्राको गणना शुरू गरेको हो ।
विमानस्थल क्षेत्रमा २४÷२५ लाखभन्दा बढी रुख काटिने भनेर तथ्यहिन प्रचार भइरहेकाले काटिने रुखको वास्तविक संख्या यकिन गर्न गणना शुरू गरिएको डिभिजन वन कार्यालय बाराका वन अधिकृत मञ्जुर अहमदले बताउनुभयो ।
विमानस्थल निमार्णको लागि सरकारले छुट्याएको ८ हजार ४५ हेक्टर भू–भागमध्ये वन कार्यालय गुगल म्यापमार्फत पहिलो चरणमा १९ सय हेक्टरभित्र रहेका रुख र पोलको मात्रै गणना शुरू गरेको हो । प्रस्तावित निजगढ विमानस्थलको चार किल्लामा दक्षिणबाट उत्तरतर्फका रुख र पोलको गणना गरेर ट्यागिङ गर्ने काम शुरु गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत मञ्जुर अहमदले जानकारी दिनुभयो । हालसम्म २८ हजारभन्दा बढी रुख र पोलको गणना गरेर ट्यागिङ गरिसकिएको उहाँले बताउनुभयो ।
विमानस्थलमा काटिने रुखको बारेमा परेको मद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको र सरकारी निकायसँग पनि सोको संख्या नभएकाले वास्तविक तथ्यांक पत्ता लगाउन गणना जरुरी भएको वन अधिकृत अहमदको भनाइ छ । ‘भोलि अदालतले पनि आयोजनाअन्तर्गत काटिने रुखको विवरण माग्न सक्छ,’ उहा“ले भन्नु्भयो– ‘संख्या पत्ता लगाएर राख्न सकियो भने जुनसुकै अवस्थामा पनि काममा आउ“छ ।’
वन कार्यालयले चारजना प्राविधिकसहित कामदारको चार वटा छुटाछुट्टै टोली बनाएर गणनाको काम गरिरहेको वन प्राविधिक धर्मेन्द्र पासीले जानकारी दिनुभयो । ‘शुरुमा रुखको गोलाई र जीपीएस प्वाइन्ट लिइन्छ, प्राविधिक पासीले भन्नुभयो–‘त्यसपछि जात, उचाइ र ग्रेडिङ गरेर रुखमा नम्बर प्लेट लगाइन्छ ।’ उहा“ले ३२ सेन्टिमिटरभन्दा बढी गोलाइ भएका सबैलाई रुखमा गणना गरेको जानकारी दिनुभयो । ३२ सेन्टिमिटरभन्दा कम भएका विरुवा लाथ्रा, ३२ देखि ९४ सेन्टिमिटरसम्म पोल र ९४ सेन्टिमिटरभन्दा बढी भएमा रुखको रुपमा गणना गरिने पासीको भनाइ छ ।
संघीय वन मन्त्रालयको निर्देशनपछि प्रदेश २ सरकारको वन तथा वातावरण मन्त्रालयको अनुमतिमा विमानस्थल निर्माण क्षेत्रको रुख गणना शुरु गरिएको डिभिजन वन कार्यालय बाराले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालयले ८ हजार हेक्टरमध्ये पहिलो चरणमा १ हजार ९ सय हेक्टर क्षेत्रफलमामात्रै धावनमार्ग र अन्य आवश्यक भौतिक संरचना निर्माण गरिने बताउँदै आएको छ ।
प्रस्तावित विमानस्थलको ८ हजार ४५ हेक्टर क्षेत्रफलमा १ सय १० बिघा नम्बरी जग्गाबाहेक सम्पूर्ण भू–भाग राष्ट्रिय वन क्षेत्रभित्र रहेको छ । तामागढी र सहजनाथ साझेदारी वन क्षेत्रको अधिकांश भू–भाग पनि अयोजना क्षेत्रभित्र नै रहेको छ । विमानस्थलको प्रस्तावित भू–भागको टाँगियावस्तीमा मात्रै १४ सय ३९ घरधुरी सुकुम्बासी परिवारको बसोबास छ ।
त्यसैगरी काँटघाटमा १ सय १० घरधुरी र मटियानी गाउ“मा ४८ घरधुरी परिवारले बसोबास गर्दै आएका छन् । अयोजनाको सिमरा फिल्ड कार्यालयले आयोजनास्थलभित्रको बस्ती व्यवस्थापनको प्रारम्भिक काम पनि शुरु गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्