एअर इन्डिया विमान दुर्घटना : दुई विमान चालकसहित १७ जनाको मृत्यु



एजेन्सी ।

शुक्रबार राति एअर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

भारतमा भएको सो दुर्घटनामा परी दुई जना विमान चालकसहित १७ जनाको मृत्यु भएको हो । चालक दलका ४ सदस्यको भने सकुशल उद्दार गरिएको छ । युएईबाट चालक दलका सदस्यसहित १९० यात्रु बोकेर आउँदै गरेको एअर इन्डिया फ्लाइट आइएक्स १३४४ रनवेबाछ चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो । विमानमा १० जना बालबालिका रहेका थिए ।

एअर इन्डिया र विमानस्थलका अधिकारीको छुटै दुई टोलीले उक्त घटनाको छानबीन गर्ने भएको छ । दुर्घटनाबाट उद्दार गरिएका करिब १६० घाइते यात्रुको उपचार भइरहेको छ जसमध्ये केहीको अवस्था गम्भीर छ ।

विमानमा सवार २६ जना युएईमा रोजगारी गुमेर घर फर्किँदै थिए भने २८ जना भिजा सकिएर फर्किँएका थिए । त्यस्तै, ५४ जना युएई घुम्न गएकाबेला कोरोना महामारीका कारण उतै रोकिएका थिए । ६ जना स्वास्थ्यमा समस्या दखिएका कारण घर फर्किदै थिए भने तीन जना विवाहका लागि आएको जनायएको छ ।

प्रतिक्रिया दिनुहोस्