कोरोना अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु



नयाँदिल्ली,(एजेन्सी)

पश्चिमी भारतीय शहर अहमदावादको नवरंगपुर क्षेत्रमा रहेको एउटा कोरोना अस्पतालको सघन उपचार कक्षमा अचानक आगलागि हुँदा आठ जना बिरामीको ज्यान गएको छ । मृत्यु हुनेमा पाँच पूरुष र तीन महिला छन् । आगलागी भएको श्रय हस्पिटललाई सिल गरिसकेको एडिनसनल चिफ सेक्रेटरी राजिव कुमार गुप्ताले बताए । ४१ विरामीलाई सरदार बल्लभ भाइ पटेल अस्पतालमा सारिएको छ । मृतकको शव पोस्टमार्टमका लागि पठाइएको छ ।

आगलागी सर्ट सर्किटका कारण भएको बताइएको छ । यसमा कोविडका विरामीका लागि ५० बेड राखिएको छ र ४० देखि ४५ विरामी भर्ना रहेको प्रहरीले जानकारी दिएका छन् । अग्नि नियन्त्रण विभागका वरिष्ठ अधिकारी राजेश भटका अनुसार सर्ट सर्किटको कारण अस्पताल कर्मचारीको पिपिइमा आगो सल्किन पुग्दा यो दुर्घटना घटेको बिबिसी गुजरातीले जनाएको छ ।

शरिरमा आगो लागेपछि ति पिडित कर्मचारी आत्तिएर अस्पताल परिसरको सो कक्षमा दौडिन थालेपछि आगोले विकराल रुप लिएको थियो । प्हरीले अस्पतलाका निर्देशकलाई हिरासतमा लिएर अनुसन्धान कार्य अघि बढाएको छ । स्थानिय समय अनुसार विहिवार बिहान तीन बजे यो दुर्घटना भएके हो । भटले भनेका छन् , ‘ एक घन्टा लामो अथक प्रयासपछि आगो नियन्त्रणमा लिइएको हो ।

अस्पतालका चालिस जना बिरामीलाई अन्य सुरक्षित स्थानमा सारिएको थियो । कोभिड १९ पिडित बिरामीहरको नजिक समपर्कमा अँइएकाले म लगायत मेरो समपूर्ण टोलिले क्वारेनटाइनमा बस्ने निधो गरेका छौं । ’अहमदावाद राजधानी रहेको गुजरातको तीन पटक सम्म मुख्य मन्त्री रहिसकेका प्रधानमन्त्री नरेन्द« मोदीले यस घटना प्रति गहिरो दुख व्यक्त गर्दै पिडितका परिवारलाई सरकारी सहयोग प्राप्त हुने बचन दिएका छन् ।

मर्नेको संख्या बढ्न सक्ने प्रहरीले बताएका छन् । यसैबीच मृतकका नातेदारले अस्पताल प्रबन्धनले आगलागीको जानकारी प्रहरी तथा अग्निसमनकर्तालाई ढिलो गरि दिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्