भारतका कानुनमन्त्री रविशंकर प्रसाद सेल्फ आइसोलेसनमा



नयाँदिल्ली (एजेन्सी)

भारतीय नेता तथा उनका परिवारका सदस्यहरुमा कोरोना पोजिटिभ हुने क्रम जारी रहेको छ । यसबीच भारतका कानुन मन्त्री रविशंकर प्रसादले आफू आइसोलेसनमा गएको जानकारी दिएका छन् । उनले गृहमन्त्री अमित शाहसँग भेटेका थिए । शनिबार शाहलाई कोरोना भाइरस पोजिटिभ पुष्टि भएको थियो । उनलाई गुडगाउँस्थित मेदान्ता अस्पतालमा भर्ना गरिएको छ ।

भारतमा आइतबार ७ सय ५६ को कोरोनाबाट मृत्यु भयो । अहिले सम्म भारतमा कोरोना संक्रमणबाट कूल ३८ हजार १ सय ६१ ले ज्यान गुमाइसकेको छ । आइतबार सबैभन्दा धेरै ९हजार ५ सय ९ संक्रमित महाराष्ट्रमा भेटियो । त्यसपछि आन्ध्र प्रदेशमा ८ हजार ५ सय ५५ तमिलनाडुमा ५ सय ८ सय ७५ संक्रमित भेटियो ।

कांग्रेसका नेता पी चिदम्बरमका छोरा किर्ति चिदम्बरम संक्रमित भएका छन् । उनले ट्विटमा होम क्वारेन्टिनमा रहेको जानकारी दिए ।
कर्नाटकका मुख्यमन्त्री बीएस यदियुरप्पाकी छोरी र ६ कर्मचारी पनि संक्रमित भएका छन् । यसैबीच कानुन मन्त्री रविशंकर प्रसादले आफुलाई आइसोलेसन गरेको छ । उनले शनिबार आफुले अमित शाहसँग भेटेको बताए ।

यदियुरप्पाले आइतबार ट्विट मार्फत आफू कोरोनाका पोजिटिभ भएको जानकारी दिएका थिए ।गृहमन्त्री अमित शाह पनि पोजिटिव पाइएको र उनलाई गुडगाउँको मेदान्त अस्पतालमा भर्ना गरिएको हो । भारतमा कोरोना विरामीको आंकडा आइतबार १८ लाख नाघेको छ । लगातार छैंठौं पटक मात्र दुई दिनमा एक लाख संक्रमित पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्