काठमाडौं उपत्यकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ३२, भक्तपुरका १ र ललितपुरका ५ जना परी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा नेपालभर २२४ जना संक्रमित फेला परेका छन् ।

यससँगै नेपालमा संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

हालसम्म कोरोना मुक्त हुनेको संख्या १४ हजार ३ सय ९९ पुगेको छ भने ५६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्