हलिउडबाट शाही महल पुगकी मेगन मार्कको सपना अमेरिकी राष्ट्रपति बन्ने



लन्डन (एजेन्सी)

करिब दुई बर्ष अघि बेलायतका राजकुमार ह्यारीले अमेरिकी अभिनेत्री मेगन मार्कलसँग विवाह गरेका थिए । उक्त विवाहलाई लिएर विश्वकै ध्यान यस शाही दम्पतीमाथि परेको थियो । मेगन मार्कल एक चर्चित अभिनेत्री हुनुका सार्थ सामाजिक मुद्दामा पनि स्पष्ट राय राख्ने ब्यक्तित्वका रुपमा चिनिन्छ । शाही परिवारमा विवाह भएपछि भने मार्कललाई अब डचेस अफ ससेक्स भएर सन्तुलित विचार राख्नु पर्ने भएको छ ।

यद्यपी दुई बर्ष भित्रै मार्कल र राजकुमार ह्यारी आफना छोरा आर्चीसँग शाही महल र बेलायत छोडेर अमेरिकामा बस्न आए । यो दुई बर्षमा भएका घटना र त्यहो भन्दा अघि र्माकललाई चिन्नेहरु उनको लक्ष्य वास्तवमा अमेरिकी राष्ट्रपति पदमा रहेको दावी पनि गरिरहेका छन् ।
सन् २०१८ मेमा ह्यारीको विवाह कुनै शाही परिवारमा नभएर एक आम महिलासँग हुँदा सबैले यसलाई अचम्म मानिरहेको थियो ।

ह्यारी मार्कलको यो विवाहलाई परिकथासँग पनि जोडिएको देखियो । अमेरिकाको जीवनशैलीलाई छोडेर मार्कल कसर शाही तौर तरिकाका साथ कसरी जिन्दगी बिताउन सक्छ भन्ने विषयमा पनि धेरैले अडकल लगाउन शुरु गरे । वास्तव मै मार्कलका लागि शाही जीवन शैली सहज हुन सकेन ।

शाही परिवार सदस्यसँग मनमुटाव

विस्तारै वकिंगम प्यालेसबाट मनमुटावका खबर बाहिर आउन थाले । मार्कलको कहिले महारानीसँग त कहिले राजकुमार विलियमकी पत्नी केट मिडल्टनबीचको टकरावका समाचार बाहिर आए । कुनै बेला त ह्यारी र मार्कलबीच सम्बन्ध विच्छेड हुन लागेको समाचारले पनि चर्चा पायो ।

हालै मात्र फाइन्डिग फ्रिडम नामको किताबमा शाही संवाददाता ओमिड स्कोबी र क्यारेलिनले राजकुमार विलियमले आफना भाइलाई मार्कलसँगको सम्बन्धमा विस्तारै अगाडी बढ्नु पर्ने सुझाव दिएर चिढाएको लेखेकाछन् । उनलाई आफना भाई ह्यारी मार्कलको प्रेममा अन्धो भएकोमा डर लागेको थियो ।

राजनितिक मुद्दामा प्रष्टवक्ता

अमेरिकामा रहँदै मार्कक आफ्नो निडरताका लागि चर्चित थिइन् । उनी सामाजिक मुद्दामा खुलेरै आप्mनो राय राख्थिन् । सन् २०१६ मा जब डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि चुनाव लडिरहेका थिए, त्यतिबेला सार्वजनिक रुपमा ट्रम्पको विरोध गर्दै उनलाई समाज भाड्ने र महिला विरोधी बताएकी थिइन् ।

मार्कल संयुक्त राष्ट्रका लागि महिलाहरुको राजनितिमा सहभागिता तथा नेतृत्वका लागि प्रतिनिधि पनि भइसकेकी छिन् । यस क्रममा उनी पुरै विश्वमा घुमेर आफ्नो समुदायमा परिवर्तन ल्याइरहेका शरणार्थी महिलाहरुसँग भेटेकी थिइन् ।यसैबर्षको शुरुवाटमा राजकुमार ह्यारी र मार्कलले आफनो शाही दायित्व छोड्ने फैसला लिए र अमेरिकामा गएर बसे ।

त्यसपछि उनले अमेरिकाको राजनितिमा फेरी एक पटक चासो लिएको देखियो । मार्गनले नस्लवाद विरुद्ध ब्ल्याक लाइव्स म्याटरको मुद्दा ग्य्रेजुएट स्टुडेन्टसबीच अनलाईन स्पिचका क्रममा उठाइन् ।मार्गन यो आन्दोलनलाई अगाडी बढाउन चाहेको डेली मेलको एक समाचारमा उल्लेख गरेको छ ।

उनको विचारमा अमेरिकामा संस्थागत नस्लभेद विरुद्ध लडाई लड्नु पर्छ र त्यसैका लागि आफुले बेलायत छोडेर आएकी हुन् । उनले जलवायु परिवर्तनलाई लिएर पनि चिन्ता तथा मुद्दा उठाउँदै आइरहेकी छन् ।मेगन एन्ड ह्यारी : द रियल स्टोरी नामको बायोग्राफी लेख्ने महिला कलिन क्याम्पवेलले मार्गल राजनितिमा उत्रन चाहेको र एक दिन राष्ट्रपति बन्न चाहेको बताएकी छन् ।

मार्कलले शाही महल छोड्नु र क्यालिफोर्नियामा आएर बस्नु यसै योजनाको हिस्सा हो । त्यसैगरी टेलिभिजन र रेडियो स्टार बेवली टर्नरले पनि मार्कल भविष्यमा राष्ट्रपति पदका लागि उभिन सक्ने दावी गरेकी छन् ।शाही महल छोडेपछिको आफ्नो पहिलो भाषणमा मेगन मार्कलले सत्तामा बसेकाहरु माथि निशाना बनाउँदै उनीहरु जनतामा निर्भर रहेको बताएकी थिइन् । उनले कमनवेल्थको इतिहासको पनि आलोचना गरेकी थिइन् ।

यद्यपी अहिलै अवस्थामा मेगन मार्कल राष्ट्रपति पदका लागि उठ्न सक्दैन । मार्कलको नामसँग अहिले पनि बेलायतको टाइटल डचेस अफ ससेक्स झुन्डिएको छ । यसलाई नछोडेसम्म उनी आफनो मनले चाहेको काम गर्न पाउने छैन ।  अमेरिकाको संविधानमा अमेरिका कसैलाई शाही पद दिँदैन । लाभको पदमा रहेकाले बिना कांग्रेसकोे अनुमति कुनै राजा, राजकुमार वा विदेशबाट यस प्रकारको टाइटल लिन पाउँदैन ।

प्रतिक्रिया दिनुहोस्