रियलका डियाजलाई कोरोना संक्रमण



एजेन्सी ।जारी सिजनको स्पेनिस ला लिगा च्याम्पियन रियल मेड्रिडका फुटबलर मारियानो डियाजलाई कोरोना संक्रमण भएको छ ।ला लिगा सकिएर छुट्टीमा रहेका डियाजमा कोरोना पोजेटिभ देखिएको हो । छुट्टीपछि च्याम्पियन्स लिगका तयारी सुरु गर्नुभन्दा अगाडी रियलले खेलाडीको स्वास्थ्य परिक्षण गर्नेक्रममा डियाजमा कोरोना संक्रमण देखिएको जनाएको छ ।

खेलाडीको परिक्षण उनीहरुकै निवासमा गरिएको थियो । जसमा डियाजको रिपोर्ट पोजेटिभ देखिएको हो । डियाज अहिले टिमका बाँकी खेलाडीसँग कन्ट्याक्टमा आएका छैनन् ।रियलका स्ट्राइकर डियाज अब क्वारेन्टिनमा जाने भएका छन् ।

२६ वर्षे स्ट्राइकर कोरोना संक्रमित भएपनि पूर्ण रुपमा स्वस्थ्य रहेको रियलले जनाएको छ । रियलले च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीसँग इत्तिहाद स्टेडियममा खेल्ने तालिका रहेको छ । उनीबाहेक अरु खेलाडी आजबाट प्रशिक्षणमा आएका छन् । सिटी र रियल अगष्ट सात तारिखमा खेल्नेछन् । त्यो खेलमा डियाज टिममा हुने छैनन् । त्यस्तै, इंग्ल्याण्डमा नयाँ नियम लागू भएकाले रियल र सिटीबीचको खेल हुने नहुनेमा समेत अन्योलता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्