उत्तर कोरियामा कोरोना संक्रमित भेटिएपछि किमले बोलाए आकस्मिक बैठक



North Korean leader Kim Jong Un guides the 14th enlarged meeting of Political Bureau of 7th Central Committee of WPK in this undated photo released on July 2, 2020 by North Korean Central News Agency (KCNA) in Pyongyang. KCNA via REUTERS ATTENTION EDITORS – THIS IMAGE WAS PROVIDED BY A THIRD PARTY. REUTERS IS UNABLE TO INDEPENDENTLY VERIFY THIS IMAGE. NO THIRD PARTY SALES. SOUTH KOREA OUT.

सोल,( एजेन्सी )

उत्तर कोरियाले पहिलो पटक कोरोना भाइरस संक्रमित घटना फेला पारेको सार्वजनिक गरेको छ । सरकारी समाचार निकाय केसीएनएका अनुसार करिव तीन वर्ष अघि दक्षिण कोरिया तर्फ भागेका व्यक्तिमा कोभिड १९ देखिएको हो । नाम नखुलाइएका संक्रमित व्यक्ति काएसोङ शहर हुँदै जुलाई १९ मा उत्तर कोरिया फर्केको बताइएको छ ।

उनलाई स्वास्थ्य जाँचबुझ गरि क्वारेन्टीनमा राखिएको छ । उनीसँग सम्पर्कमा आएका सबैलाई क्वारेन्टीनमा राखिएको पनि बताइएको छ । उनीमा कारोनाका लक्षणहरु देखिएको बताइएको छ । यसरी उत्तर कोरियामा पहिलोपटक कोभिड–१९ को संक्रमण भेटिएपछि सर्वोच्च नेता किम जोंग उनले आइतवार पोलिब्युरोको आकस्मिक बैठक बोलाएको केसीएनएले जानकारी दिएको छ ।

किमले काएसोङ वरपरका क्षेत्रमा एकान्तवासका उपाय कडाइका साथ लागू गर्न आदेश दिएका छन् । उक्त क्षेत्रमा लकडाउन घोषणा भएको छ । किमले त्यस्तो कडा सुरक्षा प्रवन्ध रहेको सिमा क्षेत्रबाट ति व्यक्ति कसरी प्रवेश गर्न सके भन्नेबारे अनुसन्धान गर्न आदेश दिईसकेका छन् । यस घटनामा दोषी ठहरिनेहरुलाई कडा संजाय दिइने भएको छ ।

विशवभरि कोरोना भाइरस फैलिँदै गर्दा छ महिना अघि उत्तर कोरियाले आफ्ना सिमाहर बन्द गर्दै हजारौं मानिसलाई आइसोलेसन अर्थात एकान्तवासमा राखेको थियो । यसै महिनाको शुरुमा मात्र किमले आफ्नो मुलुक कोभिड १९ विरुद्ध राम्रो कदम चाल्न सफल भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्