पत्नी हत्यामा दोषी ठहरिएका रञ्जनको कैद घटाउने फैसलाको पुनरावलोकन सुनुवाइ आज



न्युज अफ नेपाल, काठमाडौं ।

पत्नी हत्यामा दोषी ठहरिएका पूर्व डिआइजी रञ्जन कोइरालाको कैद घटाउने फैसलामाथि पुनरावलोकनको आज सुनुवाई हुँदैछ । सर्वाेच्च अदालतले कैद घटाउदै गरिएको फैसलाको पुनरावलोकनको माग राख्दै महान्यायाधिवक्ताको कार्यालयले सर्बाेच्चमै निवेदन गरेको थियो ।

उक्त मुद्धाको सुनुवाइ न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलास नम्बर ६ मा हुँदैछ।पत्नी गीताको हत्या अभियोगमा कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका थिए।

तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले कैद सजाय ८ वर्ष ६ महिना घटाएका थिए। फैसला पछि ८ साउनमा कोइराला जेलमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्