एमबाप्पे अर्को वर्ष पनि पीएसजीमै रहने



पेरिस, (एजेन्सी)

फ्रान्सका युवा फरवार्ड क्लियन एमबाप्पेले अर्को सिजनमा पनि पेरिस सेन्ट जर्मेन (पीएसजी) मै रहने भएको छ ।
लामो समयदेखि ला लिगा च्याम्पियन रियल मेडि«डले एमबाप्पेलाई क्लबमा भित्र्याउन लागिरेको छ । तर एमबाप्पेले हाल मेड्रिड जाने कुनै इच्छा नभएको भनेपछि उनको स्थानान्तर हुने कुनै सम्भावना रहेन ।

एमबाप्पेले बताएका छन् कि अर्को सिजनमा फ्रान्सेली क्लबमा रहेर उपाधि जित्ने लक्ष्य रहेको छ । उनले बताए—मैले अर्को सिजनमा यही रहेर धेरै भन्दा धेरै उपाधि जित्ने लक्ष्य राखेको छु । तर अर्को सिजन विशेष रहनेछ ।
एमबाप्पेले बताएअनुसार अर्को सिजनमा पीएसजीको स्वर्ण वार्षिकोत्सव हुनेछ ।

समर्थक र टोलीको अपेक्षामा आफुहरुले उपाधि जित्ने प्रयास गर्ने पनि बताए । एमबाप्पेले पीएसजीको ५०औ वर्षको कार्यक्रम छुटाउन चाहेका छैनन् । यसैले रियल मेड्रिडले अझै एक वर्ष उनको लागि कुर्नु पर्ने हुन्छ ।

हाल फ्रान्समा फुटबल गतिविधि नभएकोले एमबाप्पे अभ्यास खेलमा व्यस्त छन् । तर पीएसजीले फ्रेन्च कपको फाइनल यसै शनिबार खेल्दैछ । त्यसपछि १ अगस्टमा कोपा डि लिग कपको फाइनलमा लियोनसँग खेल्नेछ । १३ अगस्टमा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इटालियन क्लब एटलान्टाको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्