आईपीएल यूएईमा आयोजना हुने



नयाँ दिल्ली, (एजेन्सी)
भारतीय क्रिकेट कंट्रोल बोर्ड (बीसीसीआई) यस वर्षको इंडियन प्रीमियर लीग (आईपीएल) आयोजना यूएईमा गर्ने भएको छ ।

बीसीसीआईले भारत सरकारसँग आईपीएल विदेशमा आयोजना गर्न अनुमति पनि माँगिसक्यो । तर आईपीएल कहिलो आयोजित हुन्छ यसको मिति अहिलेसम्म तय गरेको छैन । अर्को हप्ता आईपीएल गवर्निंग काउंसिलको भिडियो बैठकमा मिति तय गरिने आईपीएलका अध्यक्ष बृजेश पटेलले यसको जानकारी दिएका थिए ।

पटेलले बताए कि भारत सरकारबाट मन्जुरी मिलेपछि आईपीएल २०२० को शेड्युल तयार हुनेछ । यूएईले आईपीएल आयोजना गर्न प्रस्ताव राखेको पनि पटेलले बताए । तर यसअघि आईपीएलको मिति र पुरा शेड्युल उनीहरुलाई दिनु जरुरी भएको पनि उनले बताए ।

दुबई स्पोर्ट्स सिटीका हेड अफ क्रिकेट इवेंट्स सलमान हनीफलेआईपीएलको मद्देनजर राखेर आयोजनको सुविधाहरु तयार गरिरहेका छन् । आईपीएलको यस १३औं सिजन यसै वर्षको मार्च २९ देखि शुरु हुनुपर्ने थियो । तर कोरोनाभाइरसको महामारीको कारण यसलाई अनिश्चिकालीनको लागि स्थगित गरेको थियो ।

टी २० विश्वकपलाई लिएर स्पष्ट नभएकोले बीसीसीआईले आईपीएल आयोजित गर्न अलमलमा परेको थियो । तर बीसीसीआईले टी २० विश्वकप स्थगित भएपछि खाली समय मिलेको छ । यसैलाई सदुपयोग गरेर आईपीएल शुरु गर्न लागेको हो । भारतमा कोरोनाको संक्रमण निकै बढेकोले यूएईमा आईपीएल आयोजना गर्न लागेको बीसीसीआईले बतायो ।

प्रतिक्रिया दिनुहोस्