ओलम्पियन रयुनलाई अमेरिकाको सर्वोच्च सम्मान दिइने



एजेन्सी । अमेरिकाका पूर्व धावक जिम रयुनलाई अमेरिकाकै सर्वोच्च सम्मान मेडल अफ फ्रीडम प्रदान गरिने भएको छ ।७३ वर्षीय रयुनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले पर्सी शुक्रवार उक्त अवार्डबाट सम्मान गर्ने जनाएको हो । तीन पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेका रयुन अमेरिकी कांग्रेसबाट १० वर्ष सांसद पनि बनिसकेका छन् ।

स्कूल समयमा १६ सय मीटर रेस ३ मिनेट ५९ सेकेन्डमा पूरा गर्ने उनी पहिलो रनर पनि हुन् । रयुनले सन् १९६४ मा १७ वर्षको उमेरमा १६ सय मिटर रेसमा उक्त कीर्तिमान बनाएका थिए । १० वर्षसम्म व्हाइट हाउसको प्रतिनिधित्व समेत गरिसकेका उनले सन् १९६८ को मेक्सिको सिटीमा भएको ओलम्पिकमा रजत पदक जितेका थिए ।

व्हाइट हाउसले रयुन अमेरिकाको उत्कृष्ट रनर मध्ये एक भएको बताएका छन् । अमेरिकी सुरक्षा, राष्ट्रिय हित, विश्व शान्ति अथवा राष्ट्रिय संस्कृति सभ्यताको क्षेत्रमा अमूल्य योगदान गर्ने ब्यक्तिलाई उक्त मेडल अफ फ्रीडम सम्मान प्रदान गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्