प्रशिक्षकको लागि दरखास्त आह्वान हुने



नेपाल समाचारपत्र, काठमाडौं

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकका लागि दरखास्त आह्वान गर्ने भएको छ ।
सोमबार बसेको क्यानको कार्यसम्पादन कमिटीको बैठकले रिक्त रहेको उक्त प्रमुख प्रशिक्षक पदका लागि एक साता भित्र दरखास्त आह्वान गर्ने निर्णय ग¥यो । प्रमुख प्रशिक्षकको लागि क्यानले खुला प्र्र्रतिस्पर्धा गराएको यो पहिलो पटक हो । कमिटीको बैठकले सात प्रदेशको लागि ७ जना प्रशिक्षकको लागि समेत दरखास्त आह्वान गर्ने निर्णय गरेको छ ।

कमिटीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँग छलफल गरेर सो पदसहित महाप्रबन्धक, वित्तीय प्रबन्धक र व्यवस्थापकका लागि पनि दरखास्त आह्वान गर्ने जनाएको छ । कार्यसम्पादन कमिटीले केन्द्रीय कमिटिका सदस्य जयन्ती भट्टको सयोजकत्वमा ’महिला क्रिकेट विकास समिति’ गठन गर्ने निर्णय गरेको छ ।

यस्तै फिजियो बिक्रम न्यौपानेलाई नेपाली टिमको पूर्णकालीन फिजियोको रुपमा नियुक्त गर्ने निर्णय गरेको छ ।
मुलपानी क्रिकेट मैदानलाई आवश्यक ७ जना मैदान कर्मचारी थप गर्दै कमिटीले पोखरा, भैरहवा र विरगंजका लागि एक एक जना पिच क्युरेटर नियुक्त गर्ने निर्णय समेत गरेको छ । त्यस्तै आगामी भदौ १५ भित्रमा क्यानको वार्षिक साधारणसभा सक्ने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्