वेल्सका बेलले मेड्रिड छाड्दैनन्



लन्डन, (एजेन्सी)
‘गेरेथ बेल कहिँ पनि जाँदैनन्’ भनेर वेल्स फरवार्डका एजेन्ट जोनाथन बार्नेटले बताएका छन् । रियल मेड्रिडमा जिनेदिन जिदानको प्यारो बन्न नसकेपनि बेलले सो क्लब नछाड्ने बार्नेटले खुलासा गरेका हुन् । उनले बीबीसीलाई भने—गेरेथ ठिक छ । उनको सम्झौताअनुसार २ वर्षको अवधि बाँकी छ । उनी मेड्रिड छाड्न चाहन्छन् र उनी कहि पनि जाने छैनन् ।
बेलले रियल मेड्रिडका प्राय जसो खेलमा बेन्चमै बिताएका थिए । ला लिगा विजेता बनेको टोलीको हिस्सा भएपनि उनी मैदानमा थिएनन् । बेलले मेड्रिडमा १ सय भन्दा गोल गरेका छन् । उनी चार च्याम्पियन्स लिग उपाधिका भागीदार हुन् । तर उनको भविष्य जिदानको हातमा रहेको छ । जिदानसँगको सम्बन्ध चिसो बनेपछि बेललाई मेड्रिडमा टिक्न कठिन भएको पनि बार्नेटले बताए ।
क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बेललाई टोलीमै राख्न चाहन्छन् । तर जिदान भने उनलाई राख्न चाहँदैनन् । यही एउटा कारणले जिदानले मेड्रिड सन् २०१८ मा छाडेका थिए । एक वर्षपछि पुन उनी मेनेजरमा आएपछि बेललाई बेच्न कोसिसमा लागेका छन् । उनले स्पष्टसँग भनेका पनि थिए कि बेलको बहिर्गमन हरेकका लागि राम्रो हुनेछ ।
बेलले सन् २०१३ मा ८५ मिलियन पाउन्डको विश्व कीर्तिमानी रकमसँगै मेड्रिडमा पाइला टेकेका थिए । उनले त्यतिबेलादेखि नै धेरै पारिश्रमिक लिइरहेका छन् । उनको प्रति हप्ता पारिश्रमिक ६ लाख पाउन्ड हो । यसैले मेड्रिडले गत समरमा उनलाई बेच्न चाहेको थियो । उनी हाल मेड्रिडमा कसिंगरको रुपमा बसिरेका छन् ।

प्रतिक्रिया दिनुहोस्