यस वर्ष बालोन डी ओर अवार्ड नहुने



एजेन्सी । हरेक वर्ष विश्वको उत्कृष्ट फुटबलरलाई प्रदान गरिने बालोन डी ओर अवार्ड यस वर्ष नहुने भएको छ ।

कोरोना भाइरसको महामारीका कारण यस वर्ष हुने अवार्ड स्थगित भएको आयोजक फ्रेन्च फुटबलले जनाएको छ । योसँगै सन् १९५६ पछि पहिलो पटक बालोन डी ओर अवार्ड नहुने भएको छ । कोरोना भाइरसको महामारीका कारण यस वर्ष अवार्ड असम्भव भएको हो ।

उक्त अवार्ड सर्वाधिक ६ पटक अर्जेन्टिना तथा स्पेनिस ला लिगा क्लबका कप्तान लियोनल मेसीले जितेका छन् । त्यस्तै, अर्का चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोले पनि पाँच पटक उक्त अवार्डमा आफ्नो नाम लेखाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्