ओलम्पियन एकाटेरिनाको निधन



मेलबर्न, (एजेन्सी)
रुसमा जन्मेकी अस्टे«लियन स्केटिङ खेलाडी एकाटेरिना अलेक्सान्ड्रोभस्कायाको २० वर्षको अल्पायुमै निधन भएको छ। ओलम्पिकमा समेत खेलिसकेकी एकाटेरिनाको निधनको कारण भने खुलाइएको छैन। उनले चोट व्यहोरेपछि स्केटिङबाट रिटायर्ड भएकी थिइन। यो १० दिनमा दोस्रो अस्टे«लियन हिउँदे ओलम्पियन खेलाडीको निधन हो। यसअघि तीन पटकको ओलम्पियन र दुईपटकको स्नोबोर्डर विश्व च्याम्पियन एलेक्स पुलिनको गत साता डुबेर निधन भएको थियो।
एकाटेरिनाले अस्टे«लियाली नागरिक पाएपछि सन् २०१८ मा हिउँदे ओलम्पिकमा उनका पार्टनर हार्लीे विन्डसरस“ग जोडीमा सहभागिता जनाएकी थिइन्। २०१७ मा उनीसँग विश्व जुनियरमा जितेका विन्डसरले सो खबरले स्तब्ध भएको बताए। एकाटेरिनाका कोच एन्डे«इ खेकालोले एएफपीलाई बताए। उनी निडर थिइन्, उनी पानीमा रहेकी माछाजस्तै थिइन्।

प्रतिक्रिया दिनुहोस्