प्रयोगात्मक क्रिकेटमा ईगल्सलाई स्वर्ण



जोहानेसवर्ग, (एजेन्सी)

कोरोना भाइरसका दौरान दक्षिण अफ्रिकामा प्रयोगात्मक क्रिकेट प्रतियोगिता सोलिडारिटी कप खेलियो। ३६ ओभरको खेलमा थ्रिटिसी फम्र्याटअनुसार तीन टोलीले एकैपटक खेले। खेलमा १८–१८ ओभरको दुई हाफ टाइम रह्यो । यसमा हरेक टोलीले दुवै हाफमा ६–६ ओभर खेलेका थिए । यस्तो प्रतियोगिता पहिलोपटक भएको हो ।

एभी डिभिलियर्सको टोली ईगल्सले १२ ओभरमा सबैभन्दा बढी १ सय ६० रन बनाउ“दै स्वर्ण पदक जित्यो। त्यही टेम्बा बबुमाको टोली काइट्स १ सय ३८ रन जोडेर रजत पदक हात पा¥यो। त्यस्तै, रिजा हेडिक्सको कप्तानीमा रहेको टोली किङफिसर्सले १ सय १३ रन बनाएर कास्यमा खुम्चिनुप¥यो ।

पहिलो हाफमा किङफिसर्सले ईगल्सविरुद्ध पहिलो ब्याटिङ गर्ने क्रममा ६ ओभरमा २ विकेटको क्षतिमा ५६ रन बनायो। जसमा जानेमन मलानले १६ बलमा ३१ रन जोडे र कप्तान रिजा हेन्ड्रिक्सले १६ बलमा २० रन बनाएका थिए। ईगल्सका बलर टेम्बा बबुमा र एनरिक नोत्र्जेले १–१ विकेट लिएका थिए।

दोस्रो खेलमा एबी डिभिलियर्सको टोली ईगल्सले किङफिसर्सविरुद्ध ६ ओभरमा १ विकेटको क्षतिमा ६६ रन जोड्यो। टोलीका लागि एडेन मार्करामले २३ बलमा ४७ रनको इनिङ खेलेका थिए। एक मात्र विकेट ग्लेन्टन स्टुअरमेनले लिए।

तेस्रो खेलमा काइट्सले ईगल्सविरुद्ध ६ ओभरमा १ विकेटको नोक्सानीमा ५८ रन बनायो। जसमा जेजे स्मट्सले १९ बलको सामना गरी ३६ रन जोडेका थिए। ईगल्सको एक मात्र पतन भएको विकेट एन्डिल फेहलुकवायोले हासिल गरेका थिए।

दोस्रो हाफमा ईगल्सले सानदार ब्याटिङ गरेको थियो। टोलीले किङफिसर्सविरुद्ध ३ विकेटको क्षतिमा ९४ रन जोड्यो। टोलीले पहिलो र दोस्रो हाफमा गरी कुल १२ ओभरमा ४ विकेटको नोक्सानीमा १ सय ६० रन बनाएको थियो। ईगल्सका कप्तान डिभिलियर्सले ६१ रन जोड्दा एडेन मार्करामले ७० रनको योगदान दिएका थिए।

त्यसपछि काइट्सलेट स्वर्ण पदक जित्नका लागि कुल १ सय ६१ रनको आवश्यक थियो। तर, टोलीले किङफिसर्सविरुद्ध २ विकेट गुमाएर ८० रन मात्रै बनाउन सक्यो। टोलीले कुल १२ ओभरमा ३ विकेट गुमाएर १ सय ३९ रन जोडेर रजत पदकमै सीमित हुनुप¥यो। टोली विजेता ईगल्ससँग २२ रनले पछाडि परेको थियो। काइट्सका ड्वेन प्रिटोरियसले ५० रन र जेजे स्मट्सले ४८ रन जोडेका थिए ।

किङफिसर्सले भने कुल १२ ओभरमा ५ विकेटको नोक्सानी व्यहोरेर १ सय १३ रन जोडेको थियो। टोलीले कास्य पदक जितेको थियो। ईगल्सविरुद्ध टोलीले ६ ओभरमा ३ विकेटको क्षतिमा केवल ५७ रन बनाएको थियो ।

क्रिकेट दक्षिण अफ्रिका बोर्ड (सीएसए) ले जनाएअनुसार सहभागी तीनै टोलीलाई प्रायोजन भएको रकम क्रिकेटरका लागि बनाएको हार्डसिप फन्डमा राख्नेछ। यसले कोरोना प्रभावित क्रिकेटरका लागि मद्दत गर्नेछ।

प्रतियोगिताका नियम
प्रतियोगितामा हरेक टिमले अलग–अलग बलले बलिङ गरेको थियो। एक बलरले खेलमा तीन ओभर मात्रै फ्याँक्ने अनुमति दिइएको थियो। ८ खेलाडी सम्मिलित टोलीमा ७ विकेट गुमे पनि आठौं ब्याट्सम्यानले एक्लै ब्याटिङ गर्ने नियम थियो। उसलाई केवल जोड अंकको रन बनाउन अनुमति थियो।

यदि, पहिलो हाफमा ७ विकेट गुमेमा त्यो टोलीलाई ब्याटिङ गर्न रोकिनेछ। अर्को हाफमा आठौं ब्याट्सम्यानले एक्लै ब्याटिङ गर्ने नियम थियो। यदि, स्वर्ण पदकका लागि खेल टाइ भएमा सुपर ओभरबाट विजेताको घोषणा गरिनेछ।

प्रतिक्रिया दिनुहोस्