कोही पनि एन्टिनीसँग खाना खाँदैनन्



जोहानेसवर्ग, (एजेन्सी)
दक्षिण अफ्रिकाका सफल बलरमध्ये एक मखाया एन्टिनीले बताए कि उनी रंगभेदको सिकार भएका थिए । टोलीमा सधैं उनी एक्लै हुने गर्थे । कोही साथी खेलाडी पनि उनीसँग बसेर खाना खाँदैनथ्यो । एन्टिनीले करियरमा ६ सय ६२ अन्तर्राष्ट्रिय विकेट लिएका छन् । उनले ३ सय ९० टेस्ट र २ सय ६६ वानडे र ६ टी–२० खेल खेलेका छन् ।

अमेरिकामा २५ मेमा प्रहरीको बर्बरताको कारण एक अश्वेत नागरिक जार्ज फ्लोएडको मृत्यु भएको थियो । यसपछि विश्वभरि रंगभेदविरुद्ध ब्ल्याक लाइभ्स मेटर अभियान चलेको छ । एन्टिनीले दक्षिण अफ्रिकाको मिडिया ग्रुपलाई दिएको अन्तर्वार्तामा बताए– ‘म सधैं एक्लै हुन्छु । खाना खान मलाई कसैले बोलाउन आउँदैन । एक्लै खानुपथ्र्यो । साथी खेलाडी खेलको रणनीति बनाउनेमा पनि मलाई सामेल गर्दैन । जब म बे्रकफास्टका लागि जाँदा मसँग कोही पनि बस्दैनथे ।’

यसैगरी फास्ट बलरले बताए– ‘हामी समान लुगा लगाउँछौं र राष्ट्रिय गीत एउटै गाउँछौं तर म एक्लै हुन्थें । मैले कहिल्यै यसबारे कसैलाई गुनासो पनि गरेको छैन । म आफ्नो काम गरिरहेको थिएँ । म बसमा सबैभन्दा पछाडिको सिटमा बस्थें तर साथी खेलाडी उठेर जान्थे । टोलीको जितमा सबै मिलेर खुसीयाली मनाउँथे तर हारेमा पुरै जिम्मेवारी ममा थोपर्थे।’

 

प्रतिक्रिया दिनुहोस्