सुदिल शाहीले दिए सदस्यसचिवको लागि उम्मेदवारी



न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव पदका लागि राखेपकै पूर्व सदस्य सुदिल शाहीले उम्मेदवारी दिएका छन् । खेलकुद विकास ऐन २०७७ लागु भएपछि राखेपमा पहिलो पटक सदस्य सचिवको पदका लागि दरखास्त आह्वान भएको हो ।

खुला प्रतिस्पर्धामा अहिले सम्म राखेप सदस्यसचिवका लागि २७ जना उम्मेदवारले दर्खास्त दिएका छन् । जसमा निर्वतमान सदस्य सचिव रमेश सिलवालले पनि उम्मेदवार दिएका छन् । जबकी २७ मध्ये तीन महिला उम्मेदवार रहेका छन् ।

करिब साढे ३ दशकदेखि खेल जीवनमा प्रवेश गरेका शाही नेकपाका अध्यक्ष पुष्पकमल दाहाल( प्रचण्ड) खेल प्रशिक्षकको रुपमा काम गर्दै आएका छन् । प्रचण्डका खेलकुदका गुरु भनेर चिनिएका शाहीले साढे ४ वर्षदेखि उहाँलाई टेबलटेनिस सिकाउदै आएका छन् ।

लगातार १५ वर्षदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको रुपमा लागि परेका शाही नेपालका चर्चित टेबल टेनिस खेलाडीको रुपमा परिचित छन् । दर्जनौ विद्यालय तथा संघ संस्थामा आबद्ध रहेर खेल र खेलकुद क्षेत्रको विस्तार र बिकासमा तल्लिन शाही बिगत दुई वर्षदेखि राखेपका बोर्ड सदस्यको रुपमा छन् ।

प्रदेश ३ को खेलकुद परिषदको संयोजक रहेका शाहीले खेलकुद क्षेत्रमा आफुले गरेको योगदानलाई खेलाडी समक्ष परिचय दिन र राखेपको सुधार गर्न सदस्य सचिवको लागि उम्मेदवारी दिएको बताए । उनले भने–खेल र खेलाडीको भविष्य सुनिश्चित गर्न र समग्र खेलकुद क्षेत्रको विकास गर्न आफुले सदस्य सचिवमा उम्मेदवारी दिएको हुँ ।

शाहीले आफु सदस्य सचिव भए खेल क्षेत्रको थप विकास र बिस्तार गर्न लागि पर्ने बताए । अर्थशास्त्रमा स्नातकोत्तर शाही नेपालका विभिन्न १० क्षेत्रमा सम्पन्न टेबल टेनिस प्रतियोगितामा पदक प्राप्त गरिसकेका छन् ।

त्यस्तै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदक जित्न सफल भएका छन् । उनले बंगलादेशमा सम्पन्न अन्तराष्ट्रिय टेबल टेनिस प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका थिए । थाइल्याण्डमा ३ र जापानमा सम्पन्न प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता समेत जनाए उनले ।

यसैगरी ७ वटा फुटबल, बास्केटबल टुर्नामेन्टमा मेनेजरको भुमिका निर्वाह गरेका शाही नेशनल स्पोस्र्ट सोसाइटीका र ललितपुर जिल्ला टेबलटेनिस एसोशियसनका अध्यक्ष पदमा रहेका छन् । उनी ब्रिटिस, सेन्ट मेरिज, ल्याबोरेटरी, युलेन्सलगायत स्कुलका टेबलटेनिस प्रशिक्षकको रुपमा काम गर्दै आएका आएका छन् ।

प्रतिक्रिया दिनुहोस्