खेलकुद गतिविधिसँगै खेलकर्मीमा कोरोना संक्रमण बढ्यो



वाशिन्टन, एजेन्सी।

अमेरिकामा खेलकुद सुचारु भएपछि खेलाडीहरु र खेल सम्बद्ध स्टाफहरुमा कोरोना संक्रमण बढ़्न थालेको छ । अमेरिकामा खेल गतिविधि बढेसँगै विस्तारै सबै कुरा सामान्य भएर जाने आशा गरिएको थियो ।

तर, पछिल्ला केहि हप्तायता खेलाडी तथा खेलकर्मीमा कोरोना पोजेटिभ देखिन थालेपछि खेल प्रतियोगितामा पुनः असर पर्न थालेको हो । अमेरिकामा कोरोना संक्रमित संख्या निरन्तर बढी नै रहेको छ ।

ती मध्ये खेलाडी र खेल स्टाफहरुमा पनि कोरोना संक्रमण बढ़्न थालेपछि प्रतियोगिता आयोजना नै अन्योलमा पर्न थालेको छ । अमेरिकाको घरेलु फुटबल मेजर लिग सकर (एमएलएस) ८ जुलाईबाट सुरू भइसकेको छ । त्यस्तै, अमेरिकी घरेलू बास्केटबल लिग एनबीए २२ जुलाई, मेजर लिग बेसबल २४ जुलाई र नेसनल हकी लिग १ अगस्तदेखि सुरू हुदैछ ।

नेसनल हकी लिग (एनएचएल) ले क्लबले ३ सय ९६ खेलाडीहरुको परिक्षण गरेको थियो । जसमध्ये २३ जनामा कोरोना संक्रमण फेला परेको जनाएको छ । त्यसैगरी गत हप्ता एनबीएले पनि २३ देखि २९ जूनसम्म ३ सय ५१ बास्केटबल खेलाडीहरुमा कोरोना परिक्षण गरेको थियो ।

ती मध्येका २५ जनामा पोजेटिभ पाईएको थियो । यस हप्तामात्र एनबीएका ८ सय ८४ जना स्टाफको परिक्षण गरिएको थियो । जसमध्ये १० जनामा संक्रमण भेटिएको छ ।
त्यस्तै, मेजर लिग बेसबलले पनि ३ हजार ७ सय ४८ जनामा कोराना परिक्षण गरेको थियो ।

जसमध्येका ५८ खेलाडी र ८ जना सहायक स्टाफको रिपोर्ट पोजेटिभ आएको छ ।
एनबीएमा हालसालै गरिएको परिक्षण संख्या अनुसार, खेलाडीहरु र स्टाफ सदस्यबीचको पोजेटिभ परिक्षण दरको आंकडामा भने धेरै अन्तर रहेको पाईएको छ । एनबीएमा परिक्षण दर ७.१ प्रतिशत छ भने स्टाफमा १.१ प्रतिशत मात्रै छ ।

यो विषयमा एमोरी यूनिभर्सिटीका एक महामारी विशेषज्ञ जाचरी बिने बताउँछन्,–‘यसको अर्थ यो हुन्छ की खेलाडीको व्यवहारमा केही अन्तर छ, जसका कारण उनीहरु स्टाफ भन्दा बढी जोखिममा छन् । सम्बन्धित खेलको लिग सुचारु भएकाले खेलाडीहरुलाई बाहिर निस्केर तयारी गर्नुपर्ने दवाब छ ।

उनीहरु प्रशिक्षणका लागि जिम जानु परिरहेका छन्, वर्कआउट गर्नु परिरहेका छन् । प्रतियोगिताको तयारीमा जुट्नु परेका छन् ।’ मेजर लिग सकर (एमएलएस) र एनबीए दुवै खेलका टिमहरु फ्लोरिडाको डिज्नी वल्र्ड स्पोर्ट्स कम्प्लेक्समा रहेको छ ।

अतिरिक्त सावधानी अपनाउनु पर्ने : विज्ञ

अमेरिकी खेल स्वास्थ्य विज्ञहरुले खेलाडी र खेलसम्बद्ध ब्यक्तिहरुले अतिरिक्त सावधानी अपनाउनु पर्ने बताएका छन् । उनीहरुले मास्क प्रयोग र सामाजिक दूरीको पालन गर्नुका साथै सम्भव भएसम्म प्रशिक्षण गर्ने स्थानको सतह सफा गरिरहनु पर्ने बताएका छन् ।

अमेरिकी खेल स्वास्थ्य विज्ञ बिनेले भने,–‘२४ देखि ४८ घण्टाभित्र लगातार परिक्षण गर्नुपर्ने हुन्छ । अवस्था यस्तो खराब छ की खेलाडीहरुलाई पटक–पटक परिक्षण गर्नुपर्ने अवस्था आएको छ । यसका बावजूद पनि उनीहरु संक्रमित हुने सम्भावना त्यति नै रहन्छ ।

कोरोना भाईरस ५ देखि दुई हप्तासम्म शरीरमा रहन्छ । यस्तोमा परिक्षण गरेर छोटो अवधि भित्र नै संक्रमण फेला पार्न सकिदैन । त्यसैले भाइरस फैलिनबाट रोक्न लिग सुरू हुनुअघि थुप्रै पटक परिक्षण गरिनु पर्दछ ।’

अमेरिकाका संक्रामक रोगहरूका विशेषज्ञ ब्रियाना फर्च भन्छन्, ‘खेलाडीहरुले ब्यायाम गर्ने समयमा विशेष सावधानी अपनाउनु पर्दछ । एनएचएलमा पोजेटिभ परिक्षण दर ५.८ प्रतिशत छ । यो सामान्य जनसंख्याको पोजिटिभ परिक्षण दर भन्दा अधिक हो । त्यस्तै, वन्डरबिल्ट यूनिभर्सिटीका प्रोफेसर विलियम शेफनर बताउँछन्, ‘एनएचएल के खेलाडी धेरै उर्जावान छन् । उनीहरु सामाजिक क्रियाकलापमा सहभागी हुँदैनन् । तर, कोरोना फेलिनुमा सबै दोष खेलाडीलाई मात्र लगाउन भने मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस्