चेल्सी विजयी



लन्डन, एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ ।
बुधबार राति भएको खेलमा चेल्सीले रेलिगेशनमा परेको नर्विच सिटीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।स्टेमफोर्ड ब्रिज रंगशालामा घरेलु टोली चेल्सीलाई जिताउन अोलिभर जिरुडले गरेको एक मात्र गोल नै निर्णायक सावित बन्यो ।
पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा जिरुडले क्रिष्टियन पुलिसीको पासमा गोल गरेका थिए । सोही गोलको अग्रता चेल्सीले अन्तिमसम्म जोगाउन सफल भयो । जितसँगै चेल्सीले लिग तालिकामा ६३ अंक जोडेको छ । चेल्सी तेस्रो स्थानमा रहेर लिग टुंगाउन अग्रसर छ ।

प्रतिक्रिया दिनुहोस्