इस्पान्योल २७ वर्षपछि रेलिगेसनमा



लन्डन, (एजेन्सी)

अप्रिल २३, १९९४ मा स्पेनी ला लिगामा बढुवा भएको इस्पान्योलको शीर्ष डिभिजनमा यात्रा २७ वर्षपछि अन्त्य भएको छ ।

बुधबार बार्सिलोनासँग १–० ले हारेपछि इस्पान्योल दोस्रो डिभिजनमा झरेको हो । इस्पान्योल स्पेनी फुटबलमा ऐतिहासिक टोली हो । टोलीले शीर्ष लिगमा उतारचढाव धेरै देखेको थियो । उसले दुईपटक कोपा डेल रे उपाधि जित्यो भने एकपटक यँएफा कप फाइनलमा पुगेको थियो ।

२७ वर्षको यात्रामा उनीहरूले तीनवटा रंगशालामा खेलेका छन् । १९९७ सम्म सारियामा, २००९ सम्म द ओलम्पिक रंगशाला र त्यसपछि आरसीडीई रंगशालामा खेलेको थियो । इस्पान्योलमा २५ जना कोचहरूले नेतृत्व गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्