होल्डर र गेब्रियल चम्किँदा इंग्ल्यान्ड सस्तैमा अलआउट



लन्डन, (एजेन्सी)

वेस्ट इन्डिजका बलरद्वय जेसन होल्डर र शेनन गेब्रियलले शानदार बलिङ गर्दा कोरोनाभाइरसको दौरान फर्केको टेस्टमा इंग्ल्यान्ड सस्तैमा अलआउट भएको छ । विन्डीजका कप्तान होल्डरले ६ र गेब्रियलले ४ विकेट लिँदा घरेलु टोली पहिलो टेस्टको पहिलो इनिङमा २ सय ४ रनमा अलआउट भएको हो ।

होल्डरले ६ विकेट लिँदा ४२ रन मात्रै खर्चे भने गेब्रियलले ६२ रन दिएका हुन् । पहिलो दिन वर्षाले गर्दा १७ ओभरसम्म मात्रै खेल भएको थियो । जसमा इंग्ल्यान्डले १ विकेटको क्षेतिमा ३५ रन जोडेको थियो ।

दोस्रो दिन आज इंग्ल्यान्डले ९ विकेट गुमाएर अल आउट भयो । जसमा सर्वाधिक योगदान कार्यवाहक कप्तान बेन स्टोक्सले दिए । स्टोक्सले ४३ रन बनाए भने अन्यमा जोस बटलरले ३५ रन र रोरी बन्र्सले ३० रन जोडे । १ सय ७४ रनका लागि ९ विकेट गुमाएको इंग्ल्यान्डका लागि डन बेसले नटआउट रहँदै २ सय रन पार गराए । उनी ३१ रनमा नटआउट रहेका हुन् ।

प्रतिक्रिया दिनुहोस्