अमेरिकी प्रथम महिलाको प्रतिमा जलाइयो



स्लोभेनिया,(एजेन्सी)

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको गृहनगर स्लोभेनिया नजिक ठड्याइएको उनको काठको पूर्ण कदको प्रतिमामा आगो लगाइएको अमेरिकी स्थानिय संचार माध्यमले जनाएको छ । जसले गर्दा सो प्रतिमा त्यहाँबाट हटाइनु परेको छ ।

निकै मिहेनत गरेर यो प्रतिमा तयार पारेका अमेरिकी मुर्तिकार ब्राड डाउनीले अमेरिकामा सधिनता दिवसमा ४ जुलाईमा यस माथि आक्रमण गरिएको बताएका छन् । हाल वर्लिनमा वसोवास गर्दै आएका डाउनीले भोलिपल्टै जलेको प्रतिमा त्यहाँबाट हटाइएको जानकारी दिएका छन् ।

यस घटना प्रति अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसले केहि पनि प्रतिक्रिया जनाएको छैन । मेलानियाको गृहनगर मध्य स्लोभेनियाको सेभेनिका नजिकको एउटा रुखबाट यो प्रतिमा तयार पारिएको हो ।

सन् २०१९ को जुलाइमा आफ्नो पतिले पदभार ग्हण गर्दाखेरी लगाइएको जस्तो निलो कोट लगाएको र आकासतिर हात उठाइरहेको सो प्रतिमा स्थापना गरिँदा मिश्रित प्रतिक्रियाहरु प्राप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्