अस्ट्रेलियाली क्रिकेटले कुकाबुरा बल अपनाउने



मेलबर्न, एजेन्सी ।

क्रिकेट अस्ट्रेलिया (सीए) ले पहिलो श्रेणी क्रिकेट टूर्नामेन्ट शेफील्ड शील्डमा ड्यूक बलको सट्टा कुकाबुरा बल प्रयोग गर्ने निर्णय गरेको छ ।२०२०र२१ को आगामी सिजनमा अस्ट्रेलियाले आफ्नै देशमा निर्मित कुकाबुरा बलबाट टूर्नामेन्ट खेलाउने निर्णय गरेको हो । यसअघि इंग्ल्यान्डमा निर्मित ड्यूक बल अस्ट्रेलियाको अघिकांश प्रतियोगिताहरुमा प्रयोग गरिन्थ्यो ।

अस्ट्रेलियाले इंग्ल्यान्डमा समेत खेल्न सहज होस भन्ने उद्दश्यले घरेलू क्रिकेटमा २०१६ देखि ड्यूक बल प्रयोग गर्दै आएको छ । सीएका क्रिकेट अपरेसन प्रमुख पिटर रोचले ड्यूक बल प्रयोग नगर्ने निर्णय सही समयमा गरेको बताएका छन् ।

एसेज सिरीजका लागि ड्यूक बलबाट अभ्यास सही रह्यो

सीएका क्रिकेट अपरेसन प्रमुख पिटर रोचले भने,–‘‘ड्यूक बलबाट शुरुआतमा अभ्यास गर्नु उपयुक्त रह्यो । विशेषगरी इंग्ल्यान्डमा आयोजना हुने एसेज सिरीजका लागि सो बलले अभ्यास गर्नु हाम्रो लागि फाइदाजनक सावित बन्यो । हामी विगत ४ वर्षदेखि अस्ट्रेलियामा यो बलबाट खेलिरहेका छौ ।

अस्ट्रेलियासहित धेरै टिमले कुकाबुरा बल प्रयोग गर्छन् । संसारभर अधिकांश देशहरुमा कुकाबुरा बलले क्रिकेट खेल्ने गरिन्छ । यस्तोमा यही बल पुनः प्रयोग गर्नु हाम्रा बलरका लागि चुनौती बन्न सक्नेछ । तर, यसबाट फाईदा पनि धेरै हुनेछ ।

स्पिनरलाई बेफाइदा ड्यूक बल

रोचले भने,–‘‘हालसालै घरेलू क्रिकेटमा ड्यूक बलबाट स्पिनरले प्रभावशाली प्रदर्शन गर्न नसकेको पाइएको छ । हामीलाई फर्स्ट क्लास स्पिनर्सको आवश्यकता छ, किनभने स्पिन बलरको सामना गर्ने ब्याट्सम्यान तयार होस् । हामीलाई यस्तो बलरको आवश्यकता छ, जसले स्पिनर्सको डटेर सामना गर्न सकोस् ।’’

सन्सपरिएल्स ग्रिनल्यान्ड्स (एसजी) बल स्पिनर मैत्री

एसजी बल हातबाट बनाईन्छ । यो बल स्पिनर मैत्री हुन्छ । शुरुआती १० देखि २० ओभर सम्म यो प्राकृतिक रुपमा स्विंग हुने गर्छ । बलको चमक भने चाँडै नै सकिन्छ । यधपि, सीम राम्रो हुने भएकोले ८०–९० ओभरसम्म भने टिकाउ हुन्छ ।

बलर मैत्री ड्यूक बल

ड्यूक बल पनि एसजी जस्तै हातले बनाइन्छ । यसको प्राकृतिक स्विंग ५० देखि ६० ओभरसम्म रहन्छ । सीम सिधा हुने भएकोले यो बल तेज बलर मैत्री हुन्छ । यो बलमा २० देखि ३० ओभरपछि रिभर्स स्विंग हुन थाल्छ । यसको रंग पनि एसजी र कुकाबुराभन्दा कडा हुन्छ ।

कुकाबुरा बल ब्याट्सम्यान मैत्री

अस्ट्रेलियामा बन्ने गरेको कुकाबुरा बल मेसिनले बनाईन्छ । यो बल २० देखि २५ ओभर सम्म प्राकृतिक रुपमा स्विंग हुन्छ । त्यसपछि भने यो बल ब्याट्सम्यान मैत्री हुने गर्छ । अन्य बलको तुलनामा स्पिनरहरुका लागि यो बल कम सहयोगी हुन्छ ।

बल प्रयोगमा आईसीसीको निश्चित निर्देशिका छैन

बलको प्रयोगलाई लिएर अन्तर्राष्ट्रीय क्रिकेट परिषद ९आईसीसी० को कुनै निश्चित निर्देशिका छैन । सबै देशले आफ्नो अवस्था अनुसार बल प्रयोग गर्छन् । भारतमा एसजी, इंग्ल्यान्ड र वेस्टइन्डीजमा ड्यूक, तथा अन्य देशहरुमा कुकाबुरा बल प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्