म्यानचेस्टर युनाइटेडको सहज जित



लन्डन, एजेन्सी ।

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सहज जित आत्मसात गरेको छ। मंगलबार राति भएको खेलमा म्यानचेस्टरले युनाइटेडले ब्राइटोनलाई ३-० गोलअन्तरले सहजै पराजित गरेको हो । द अमेरिकन एक्सप्रेस मैदानमा भएको खेलमा युनाइटेडका लागि ब्रुनो फर्नान्डेसले दुई गोल योगदान गरे ।

खेलको १६ औं मिनेटमा नै युनाइटेडले खेलमा अग्रता बनाएको थियो । युनाइटेडका लागि ग्रिनउडले सुरुवाती गोल गरेका थिए । उनले वान विसाकाको पासको सदुपयोग गर्दै गोल गरेका थिए ।

त्यसपछि २९ औं मिनेटमा ब्रुनो फर्नान्डेसले युनाइटेडको अग्रता दोब्बर पारे । फर्नान्डेसले पउल पोग्वाको पासमा गोल गरेका थिए । पहिलो हाफमा दुई गोलले अघि रहेको युनाइटेडले ५० औं मिनेटमा तेस्रो गोल थप्यो । फर्नान्डेसले ग्रिनउडको पासमा उत्कृष्ट तालमेलमा गोल गरेका थिए ।

उक्त जितपछि युनाइटेडले च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावनालाई कायमै राखेको छ । युनाइटेडको ३२ खेलबाट ५२ अंक भएको छ । लिगको उपाधि भने लिभरपुलले जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्